प्रधानमन्त्री प्रचण्ड सरकारी निवास
बालुवाटारमा सरे
Prime Minister Prachanda. Photo: Sitaram
काठमाडौं, August 27, 2008- बेइजिङ ओलम्पिकबाट नेपाल फर्के पछि प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड' भदौ ११ गते साँझ करिब पाँच बजे तिर
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन्।
प्रधानमन्त्री प्रचण्डको नीजि निवास काठमाडौं नयाँबजार स्थित खुशीबु
प्लानिङ्गमा रहेको थियो ।
साउन ३१ गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रचण्ड १२ दिन पछि मात्रै
सरकारी निवासमा सरेका हुन् । जनमुक्ति सेनाले समेत सुरक्षा दिने बताइए पनि
प्रधानमन्त्री प्रचण्डको सुरक्षमा को को खटिने भन्ने कुरा भोलि बस्ने
मन्त्री परिषदको वैठकले तय गर्ने बताइएको छ ।
अहिले अरुणकुमार पालको नेतृत्वमा रहेको नेपाली सेना तथा नेपाल प्रहरीले
प्रधानमन्त्रीलाई सुरक्षा दिइरहेको छ ।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यस अघि नै बालुवाटार छाडेर
महाराजगंज स्थित आफ्ना भतिजा डा. शशांक कोइरालाको घरमा बसेका छन् ।