Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीको स्वकीय सचिवलाई गोली प्रहार गर्नुको पछाडि के रहस्य छ?

काठमाण्डौ, 9 Feb, 09- जनयुद्धको बार्षिकोत्सब मनाउने तैयारी चल्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का स्वकीय सचिव एबं माओवादीका पोलिटव्यूरो सदस्य शक्तिबहादुर बस्नेत सुरेशिसंह माथि सोमबार राति गोली प्रहार भएको छ ।

हत्या प्रयासबाट उनी जोगिएका छन् । तर यो प्रकरणले सशस्त्र संघर्ष गरी खुल्ला राजनीतिमा आएका माओवादी नेताहरुमाथि राजधानीमा असुरक्षा बढेको देखिएको छ । शान्ति प्रकृयामा आएपछि माओवादीका उच्च नेतामाथि गोली प्रहार भएको यो पहिलो घटना हो ।

माओवादीको चौंथो डिभिजनको पूर्व कमिसारसमेत रहेका युवा नेता बस्नेतमाथि सोमबार कोटेश्वरस्थित आफ्नो निवासमा जाँदै गर्दा गोली प्रहार भएको थियो । मास्क लगाएको मोटो व्यत्तिले करिव १० मीटर परबाट हानेको गोली उनको तिघ्रामा लागेको थियो । गोली हानेर सोही व्यक्ति सकुसल उम्कन सफल भएको थियो । गाडीबाट ओर्लिर साँघुरो गल्लीभित्र रहेको आफ्नो डेराभित्र छिर्न लाग्दा आक्रमणकारीले गोली प्रहार गरेको थियो ।

उनलाई ७.५ एमएमको गोली प्रयोग हुने अमेरिकी पिस्तोलबाट गोली प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । नेपाली कालो बजारमा भारतीय पिस्तोल सहजै पाइने भएपनि अमेरिकी पिस्तोल भने दुर्लभ मानिन्छ । उनीमाथि ४ वटा गोली प्रहार भएपनि दुई वटामात्र गोली लागेको थियो । गोली प्रहार गर्दै- भाग्दै आक्रमणकारी सुरक्षित हुन सकेको थियो । हुलियाको आधारमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

जनयुद्धको उद्गम थलो रोल्पासँगै जोडिएको प्यूठानको एक प्रहरी चौकीमा राति आक्रमण गरेर माओवादी विरोधी समुहले माओवादी नेतृत्वको सरकारलाई चुनौति दिन थालिसकेको छ । जनयुद्ध बार्षिकोत्सको पूर्व सन्ध्यामा भएका यी दुई घटनाले जनयुद्ध दिवसको अवसरमा कुनै ठूलो घटना हुन सक्ने अनुमानकासाथ माओवादी पंक्ति सतर्क हुन थालेको छ । सरकार ढाल्ने प्रतिपक्षी पार्टीहरुको सकृयता र सेनासँगको द्धन्दका कारणपनि माओवादी सतर्कता बढेको हो ।

-Sitaram Baral in Kathmandu











   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®