|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कांग्रेस र एमालेलाई प्रधानमन्त्रीको झटारो काठमाण्डौ, 1 Feb, 09- आफूले गरेका हरेक गतिविधिलाई अधिनायकवादी भन्ने सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शनिवार निकै दर्हो शाब्दिक बाण प्रहार गरेका छन्। गत आइतबारको आफ्नो सम्बोधन अनुसार सरकारी कामकाजलाई सजिलो बनाउन ३ वटा अध्यादेश ल्याउँदा कांग्रेस-एमालेले अधिनायकबादी भन्दै आलोचना गरेपछि प्रधानमन्त्रीले जस्तालाई त्यस्तै जवाफ फर्काएका हुन् । प्रधानमन्त्रीबाट यस्तो जवाफ पाएपछि अधिनायकबादीको आरोप लगाउने कांग्रेस र एमालेका नेताहरुको कुनै भनाई सार्वजनिक भएको छैन । कांग्रेसले अध्यादेश ल्याउनुले माओवादी अधिनायकवादी भएको भन्दै अध्यादेश फिर्ता लिन माग गरेको छ । सत्तामै भएको एमालेलेपनि त्यस्तै आरोप लगाएको छ । कर्णाली स्वायत्त प्रदेशको माग गर्दै ज्ञापनपत्र दिन गएका कर्णालीका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीले भने- 'हामीविरुद्ध संकटकाल लगाएर आतंककारी अध्यादेश ल्याउने र जनताविरुद्ध अधिनायकवादी शासन थोपर्नेहरुले अहिले हामीलाई अधिनायकवादी भन्दै अध्यादेश फिर्ता लिने माग गरेका छन् अहिलेको अध्यादेश उनीहरुले जस्तो जनताको अधिकार खोस्न अहिले जनतालाई सुविधा दिनकालागि ल्याइएको हो ।' माओवादी विरुद्ध २०५८ मा सेना परिचालनकालागि तत्कालिन नेपाली कांग्रेसको सरकारले अध्यादेशमार्फत् संकटकालीन अध्यादेश ल्याएको थियो जसलाई तत्कालिन प्रतिपक्षी दल नेकपा एमाले ले पनि समर्थन गरेको थियो । संकटकालीन अधिकारका कारण संविधान प्रदत्त वाक स्वतन्त्रता लगायतका अधिकारहरुसमेत निलम्बन गरिएका थिए । यस्तो अध्यादेशको मानव अधिकारवादी र ती पार्टीका कार्यकर्ताहरुले विरोध गरेका थिए । त्यही अध्यादेशकै कारण नेकपा एमाले विस्तारै कमजोर हुँदै गएको थियो । तर 'कालो अध्यादेश' ल्याउने दलहरुले नै आफूले ल्याएको अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो जवाफ फर्काएका हुन् । मान्छे मार्न आतंककारी अध्यादेश ल्याउनेहरु नै अहिले परिवर्तनको अनुभूति दिलाउन अध्यादेशमार्फत् विधेयक ल्याउन खोज्दा विरोध गर्न थालेका छन् यो देख्दा हामीलाई अचम्म र लाज दुबै लागेको छ' प्रचण्डले भने- 'यसबाट के देखिन्छ भने उनीहरु विरोधकालागि विरोधमात्र गरिरहेका छन् उनीहरुमा नयाँ चेतनाको विकास भएको छैन, उनीहरुको दिमाग अहिलेपनि पुरानै पाराले चलिरहेको छ ।' उनले अध्यादेशमार्फत् जनतालाई सरकारले छिटोभन्दा छिटो राहत दिन खोज्दा विरोध गर्नुले उनीहरु वास्तवमा जनविरोधी भएको बताएका थिए । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||