|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'जनसेनालाई नेपाली सेनामा 'मर्ज' गर्ने होइन समायोजन गरिने'- प्रधानमन्त्री |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, October 17, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सबै जन सेनालाई नेपाली सेनामा विलय नगरिने बताएका छन् । प्रचण्डले भने- 'सेना समायोजनका लागि मन्त्रि परिषदको आगामी बैठकले विशेष समिति गठन गरी प्रकृया अगाडि बढाउनेछ ।' बाढीपिडितका लागि संकलन गरेको २ लाख ८९ हजार ७ सय ५४ रुपियां हस्तान्तरणपछि बोल्दै उनले जनसेनालाई पूराकापूर 'मर्ज' गर्ने नभई समायोजन र पुनःस्थापना गरिने बताए । 'नेपाली सेनामा जनसेनालाई पूराकापूरा मर्ज गर्ने भनेको होइन समायोजन र पुनःस्थापना गर्ने भनेको हो' सोही अवसरमा प्रचण्डले भने- 'सेना समायोजनका लागि मन्त्रि परिषदको आगामी बैठकले विशेष समिति गठन गरी प्रकृया अगाडि बढाउनेछ ।' सेना समायोजनबारे आएको विवादास्पद अभिव्यक्तिबाट आफू आश्चर्यचकित भएकोपनि प्रधानमन्त्री प्रचण्डले बताए । आफ्नो दिमागमा सेना समायोजन नगर्ने भन्ने शब्दावलीसमेत नरहेको उनको भनाई थियो । बृहत शान्ति सम्झौतामा सेनाको समायोजन र पुनःस्थापना गर्ने उल्लेख गरेकाले सोहीबमोजिम प्रकृया बढाउने बताएका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री उपेन्द्र यादवले सेना समायोजनबारे दिएको अभिव्यक्ति गलत भएको उनको ठहर थियो । परराष्ट्रमन्त्री उपेन्द्र यादवले 'प्रधानमन्त्रीले कतिपय अन्तर्राष्ट्रिय मन्चहरुमा माओवादीको जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन नगर्ने भनी अभिव्यक्ति दिएको बताएका थिए । यसबारेमा आफूले यादवसँग जानकारी मागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने- 'मैंले परराष्ट्र मन्त्रीजीसँग उहाँको यो अभिव्यक्तिबारे सोध्दा उहांले समायोजन नभई मर्ज गर्न नहुने भनेको बताउनुभयो ।' प्रधानमन्त्री प्रचण्डले सेना समायोजनकालागि विशेष समितिले मापदण्ड तयार गर्ने र जनसेनालाई नेपाली सेनाका अलवा प्रहरी, सीमा सुरक्षा, औद्योगिक बलमा समायोजन गर्न सकिने बताए । 'जन सेनाको इच्छालाई पनि ध्यानमा दिएर समायोजन प्रकृया अगाडि बढाइनेछ' प्रधानमन्त्रीको भनाई थियो- 'बृहत शान्ति सम्झौतामा सेनाको समायोजन र पुनःस्थापना गर्ने बुंदा उल्लेख भएकोले यो त्यति गम्भीर विषय होइन ।' शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन सरकार कटिवद्ध भएर लागेको बताउँदै प्रचण्डले संविधान निर्माणलाई समयमै पूरा गर्न सरकारले तत्काल काम थाल्नेपनि बताएका छन् । 'दुई वर्षमै संविधान निर्माण हुन्छ' प्रधानमन्त्रीको भनाई थियो- 'दलहरुबीच सहमति र सहकार्य निर्माण गरी संविधान निर्माणलाई समयमै पूरा गरिनेछ ।' शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउनकालागि देशमा सहमति र सहकार्य स्थापित हुँदै गएको बताएका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग सहमति र सहकार्यका बारेमा आगामी शनिबार कुराकानी गर्ने जानकारीपनि दिएका छन् । 'संविधान निर्माणमा सबैको सहयोग चाहिन्छ' प्रधानमन्त्रीको भनाई थियो- 'गिरिजाबाबुसँग त्यसबारे शनिवार कुरा गर्नेछु ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||