|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
विकास र आर्थिक
क्रान्तिसम्म लैजान शान्तिपूर्ण राजनीतिको आवश्यकता-
प्रधानमन्त्री प्रचण्ड काठमाण्डौं, October 13, 2008-प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिराहाको मिर्चैयास्थित पूर्व राजा ज्ञानेन्द्रको नातेदारको जग्गाका विषयको विवादलाई छानविन गरी कानुनी कारवाही गरिने बताएका छन् । पूर्व राजाका नातेदारले वीरेन्द्र साह नामक धनाढ्यलाई बेचेको सो जग्गामा अहिले ५ सय भन्दा बढी घरपरिवार आश्रित छन् । यही प्रकरणका कारण माओवादीको तर्फबाट मन्त्री बनेका मात्रृका यादवको पद गुमेको थियो । सामन्ती तथा जिम्दारको जग्गामा गरिब, सुकुम्बासीको अधिकार हुनु पर्ने यादव पक्षको आवाज उठि रहेको बेला प्रधानमन्त्रीको यस्तो धारणा आएको हो । प्राधानमन्त्री प्रचण्डले नेपालमा ठुलो राजनितिक परिवर्तन भइसकेकोले को दोषी हो त्यसको तत्काल टुङगो लाग्ने वताउनु भयो । यसैवीच तराई्रमा कृयाशिल सबै सशस्त्र समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन प्रधानमन्त्री प्रचण्डले आह्वान गरेका छन् । देशलाई शान्तिपूर्ण तवरले विकास र आर्थिक क्रान्तिसम्म लैजान शान्तिपूर्ण राजनीतिको आवश्यकता रहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै सबै आन्दोलरत पक्षलाई वार्ताबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने बताए । सिरहाको वडहरामाल स्थित फुलकुमारीमा नवनिर्मित विद्यालय तथा अस्पतालको भवन उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै सरकारले तराईका भूमिगत संगठनहरुसँग औपचारिक वार्ता गर्ने जानकारी दिए । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोले आफ्नी आमाको नाममा वन्दीपुरमा स्थापना गर्नु भएको फुलकुमारी महतो उच्च माविको असोज २६ गते उद्घाटन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नयाँ नेपाल निमार्णका लागि एक जुट हुन सवैलाई आव्हान गरे। प्रधानमन्त्रीले आजै पुर्वका सुरक्षा प्रमुखहरुसँग पनि भेटघाट गरी त्यस क्षेत्रको स्थिति र विस्थापितहरुको अवस्थाका विषयमा जानकारी लिएको सहयोगी पत्रकार महेश्वर यादवले जनाएका छन् । यस्तै सिरहामै अर्को एक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक विकास सरकार एक्लैले गरेर नसक्ने भएकाले सबैको सहयोग आवश्यक भएको औल्याए । उनले आर्थीक विकासका लागि नेपालमा लगानी विस्तार गर्न गैर आवासीय नेपालीहरुसंग आग्रहसमेत गरे । प्रधानमन्त्रीले सरकारको प्राथमिकता शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउनुसंगै आर्थिक क्रान्ति मार्फत मुलुकलाइ समृदिको दिशामा डोहोर्याउनु रहेको बताए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||