|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अन्तत: प्रधानमन्त्री प्रचन्डको अमेरिकि राष्ट्रपति जर्ज बुशसँग भेट हुने भो |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
न्यू योर्कमा प्रचन्डलाई 'हेर्न र फोटो खिचाउन' नेपालीहरुले छुट्टी
लिदै छन्![]() Archive» 63rd UN General Assembly (September 16-October 1, 2008). Photo & illustration: eEyeCam न्यू योर्क, September 18, 2008- संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभामा भाग लिन यही २२ सेप्टेम्बर बिहानमात्र न्यू योर्क उत्रनु हुने गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचन्ड सोही दिन साँझ अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशसँग न्यू योर्कलमा भेट्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचन्ड र उहाँकी श्रीमती सिता दाहाललाई राष्ट्रपति बुश र उहाँकी श्रीमती लाउरा बुशले स्वागत भेट गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचन्डले संरासंका महासचिब बानकि मुनसँग पनि भेट गर्नु हुने छ। स्मरण रहोस्, सन् २००२ को राष्ट्रपती जर्ज डब्ल्यु बुसको Executive Order 13224 पछि अमेरिकि सरकारले माओवादीलाई “Specially Designated Global Terrorist” संस्थाको रुपमा सुचिबद्ध गर्दै आएको थियो भने अमेरिकि सरकारद्वारा गत अप्रिल ८ तारिखमा जारी गरेको पछिल्लो सुचिमा विश्व भरका ४४ आतङ्ककारी संस्थाहरुको नामाबली प्रस्तुत गर्दा हतियार छोडेर चुनावबाट सत्ता कब्जा गर्न तम्सिएको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) को नाम हटाइएको थियो। हुन त अझै पनि राष्ट्रपती जर्ज डब्ल्यु बुसले कानुनत: Executive Order जारी गरी माओवादीलाई विश्व आतङ्ककारी संस्थाहरुको 'ब्ल्याक लिस्ट'बाट हटाउन बाँकी नै छ। पश्चिमा मुलुकहरुको लागि कम्युनिस्टहरुको चुनावी जित आश्चर्यको बिषय भा'कोले हुन सक्छ, अमेरिकि राष्ट्रपती बुसद्वारा प्रथम निर्बाचित कम्युनिस्ट प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचन्डलाई भेट्ने मेसो मिलाइएको। प्रधानमन्त्रीको ७ दिने न्यू योर्क भ्रमणमा परराष्ट्र मन्त्रालयका झन्डै एक दर्जन टोली पनि न्यू योर्क आउँदै छ। नेपालका लागि स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्यकाअनुसार प्रधानमन्त्रीकासाथ कुनै मन्त्री र सभासद नआउने तर परराष्ट्र मन्त्री उपेन्द्र यादव २९ सेप्टेम्बरमा हुने अत्यन्त अल्प बिकसित मुलुक (Least Developed Countries) हरुको बैठकमा भाग लिन छुट्टै न्यू योर्क आउने जानकारी गराउनु भएको छ। प्रधानमन्त्री प्रचन्डले संरासं साधारण सभामा सेप्टेम्बर २५ र २६ तारिखमा दुई वटा मन्तब्य दिने तथा न्यू योर्क शहरमा ३ वटा पब्लिक कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको छ। जसअनुसार, २४ साँझ महामहिम आचार्यले प्रधानमन्त्रीको स्वागत रात्रीभोजको आयोजना राख्नु भएको छ भने एशिया सोसाइटीले यसै दिन बिहान एक अन्तरकृया कार्यक्रम राखेको छ। |
|
|
Prime Minister Prachanda and his wife Sita Dahal. Photo: Sitaram त्यसैगरी न्यू स्कुल युनिभर्सिटी, न्यू योर्कले सेप्टेम्बर २६ तारिखमा न्यू योर्कमा कृयाशिल नेपाली संघ संस्थाहरुसँग मिलेर संयुक्त रुपमा एक अन्तरकृया कार्यक्रम राखेको छ। न्यू योर्कका नेपाली संघ संस्थाहरुले सङ्युक्त रुपमा अर्को एक स्वागत तथा अन्तरकृया कार्यक्रम सेप्टेम्बर २७ मा राखेका छन्। प्रधानमन्त्री प्रचन्ड २८ सेप्टेम्बरमा नेपाल फर्किनु हुने छ। न्यू योर्कको ३ वटा पब्लिक सभामा प्रधानमन्त्री प्रचन्डलाई 'हेर्न र फोटो खिचाउन' नेपालीहरुले छुट्टी लिदै छन्। अमेरिकाको अन्य शहरहरुबाट पनि नेपालीहरुको घुँइचो लाग्ने सम्भाबना छ। एक जना नेपाली, जो भर्जिनिया राज्यमा बसोबास गर्छन्, ले यो पन्क्तिकारसँग भने "प्रचन्डसँग फोटो खिचाउन पाईन्छ भने आउनु पर्ला।" अर्का एक नेपालीले भने "नयाँ नेपालका नयाँ प्रधानमन्त्रिको कुरा आँफैले सामुन्ने सुन्न पाइने भएकोले" बोस्टोन शहरबाट आफु आउन लागेको बताए। उता कोलोराडो शहरमा बसोबास गर्ने रमेशले चाँही न्यू योर्क आउनु टाढा पर्ने भएकोले 'यु एस नेपाल अनलाइन' को भर पर्ने बताए। एक अनुमान अनुसार झन्डै सवा लाख नेपालीहरु अमेरिकामा बसोबास गर्दछन् भने न्यू योर्क शहरमा मात्र ३० देखी ४० हजारको सङ्ख्यामा नेपालीहरुको बस्ती छ। यु एस नेपाल अनलाइन प्रधानमन्त्री प्रचन्डको न्यू योर्क भ्रमणको बिशेष प्रस्तुती पस्किदै छ। पर्खनुहोस्। -Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 551-358-7726 |
||
|
Read related news: » संरासंको ६३ औं साधारण सभा शुरु, प्रथम पटक धर्म गुरु अध्यक्ष्यमा निर्बाचित (17 photos) न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले ७ दिने भ्रमणमा ६ वटा भाषण गर्ने |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||