|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माधव नेपाललाई खुशी पार्न प्रम प्रचन्डको 'ठुलो' प्रस्ताब काठमाण्डौं, October 11, 2008-सत्ता सहयात्री नेकपा एमालेका निवर्तमान महासचिव माधव नेपालले आफ्ना सम्बन्धमा केही दिन यता नकरात्मक टिप्पणी गर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालसँग शनिवार विहान भेट गरेका छन् । आफूप्रतिका असन्तुष्टि साम्य पार्न प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटमात्र गरेनन् नेपालसँगै विहानको खाना खाए भने नेपाललाई महत्वपूर्ण जिम्मेवारीको प्रस्तावसमेत गरे। दशैं अगावै एमालेका बरिष्ठ नेता नेपालले प्रधानमन्त्रीले सत्ता साझेदार दल र तिनका नेताहरुसँग कुराकानी नगरी आफूखुसी निर्णय गर्न थालेको आरोप लगाएका थिए । प्रधानमन्त्रीले आफूसँग भेट नगरेकोमा एमाले महासचिवले यसरी प्रधानमन्त्रीप्रति कडा टिप्पणी गरेका थिए । शनिवार विहान भएको भेटलाई त्यसैको उपजको रुपमा लिइएको छ । संविधान सभा चुनावमा माओवादी उम्मेदवारद्धारा दुइ दुई निर्वाचन क्षेत्रबाट पराजित एमाले नेता नेपाललाई खुसी पार्न प्रधानमन्त्रीले कुनै कसर बाँकी राखेनन् । श्रोतकाअनुसार प्रधानमन्त्रीले नेपाललाई माओवादीले जितेका क्षेत्रमध्येबाट उपचुनाव लडेर संविधान सभामा आउन वा नयाँ संविधान निर्माणकालागि बनाइने मस्यौदा आयोगको अध्यक्ष बन्न अनुरोध गरेका थिए । प्रचण्डबाट यस्तो प्रस्ताव आएपछि एमाले नेता नेपालले यस सम्बन्धमा पार्टीमा कुरा राख्ने बताएका थिए । प्रचण्ड-नेपालबीचको भेटपछि एमाले स्थायी समितिको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार ढाल्न भित्रभित्रै कस्सिरहेका बेला प्रचण्डले एमाले नेता नेपाललाई भेटेर कांग्रेसको योजनालाई असफल बनाउन भूमिका खेलेको राजनीतिक बृत्तमा विश्लेषण गरिएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||