Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

"मोहनी लाग्ला है गाउँलेको भाकाले..."



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे


Prime Minister Prachanda in front of the Statue of Liberty on the ferry with his wife Mrs. Sita Dahal, Son Prakash Dahal (left), Sudhir Bhattarai (2nd from L), first Secretary, Permanent Mission of Nepal to the United Nations, Madhuban P. Paudel, Deputy Permanent Representative, Permanent Mission of Nepal to the United Nations (far right), Dr. Geeta Sharma Acharya, wife of H.E. Ambassador Madhuraman Acharya (2nd from R) . Photos: eEyeCam

न्यू योर्क, September 28, 2008- प्रधानमन्त्री प्रचन्ड आज न्यू योर्क समय (EST) अनुसार बेलुकी ९ बजे लुफ्थान्सा एयरबाट युरोप-बैङ्कक हुँदै नेपालको लागि उडे। प्रधानमन्त्री, प्रधानमन्त्री पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल लगायतका नेपाली प्रमण्‍डललाई संरासंका लागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य, उहाकी पत्नी गीता शर्मा आचार्य र नेपाल मिसनका अन्य सदस्यहरुले जोन एफ. केनेडि एयरपोर्टमा भाबपूर्ण बिदाइ गर्नु भयो।

प्रधानमन्त्री संयुक्त राष्ट्र संघको ६३ औं साधारण सभामा भाग लिन यही २२ सेप्टेम्बर बिहान न्यू योर्क आइ पुग्नु भएको थियो। प्रधानमन्त्रीले September 25 मा सहस्राव्दी विकास लक्ष्य (UN Millennium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेचमा र September 26 बिहानको General Assembly सेसनमा संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्नु भएको थियो।

सात दिनको बसाइको क्रममा बिभिन्न मुलुकका राष्ट्र प्रमुख, मन्त्री, ब्यापारिहरुको समुहलाई भेटी नेपाललाई हरतरहले सहयोग गरी नयाँ नेपालको बिकास र दिगो शान्ती कायम राख्न मद्घत गर्न अपिल गर्नु भएको थियो।


Prime Minister Prachanda with the USA, Canadian and Nepalese business representatives today . Photos: eEyeCam
 
आजै बिहान प्रधानमन्त्रीले न्यू योर्क शहरस्थित ABC Carpet Homes को मुख्य सोरुममा गएर नेपाली गलैचा ब्यापारको बस्तुस्थिती बुझ्नु भयो भने दिउसो नेपाल उध्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशिले आयोजना गर्नुभएको Luncheon Meeting मा सरीक भई मन्तब्य ब्यक्त गर्नुका साथै नेपालको हाइड्रो पावरको लागि अनुरोध गर्दै गर्दा SCP Hydro International,Canada का Jean Mark Carpentier ले नेपालको निती, नियम, कानुनको पालना र शान्ती कायम रही बैदेसिक निती स्पस्ट बन्न सके आफुहरुले जल बिद्युत उत्पादनका लागि लगानी गर्न तयार रहेको बताए।


Prime Minister Prachanda inspecting Nepalese carpets on display at the ABC Carpet Home in New York City . Photos: eEyeCam

प्रधानमन्त्रीले दिउसो २:३० देखी ५:०० बिच हतारमा न्यू योर्क, म्यानहटन शहरको छेउमा रहेको विश्व चर्चित स्वतन्त्रताकि पर्तिमुर्ती Statue of Liberty को अबलोकन गर्नु भयो । सौभाग्यबश, युएस नेपाल अनलाइनको तर्फबाट प्रधानमन्त्री प्रचन्डको त्यो अबिस्मरणीय भ्रमणलाई क्‍यामेरामा कैद गर्न उहाँसंगै यात्रा गर्ने मौका जुर्यो। (बिशेष फोटो फिचर आउँदै छ)

प्रधानमन्त्री प्रचन्डले उनको सुरक्षा यात्रा ब्यबस्था (cavalcade) मिलाई रहेका अमेरिकि सुरक्षाकर्मिहरुलाई चकित र हस्याङ पस्याङ पार्दै सरकारी गाडी नचढी न्यू योर्कका सर्ब साधारण जनताले चढ्‍ने 'सब वे त्रेन' चढेर आफु बसेको होटल हयात रेजिडेन्सीमा जाने निधो गर्नु भयो।


Prime Minister Prachanda and Mrs. Sita Dahal riding New York City subway train. Photos: eEyeCam

यो पन्क्तिकारले 'प्रधानमन्त्री ज्यु जनताको छोरो भा' काले होला सब वे चढ्‍नु'भा' भन्ने प्रश्न गर्दा उहाले भन्नु भयो- 'यो सबैले प्रयोग गर्ने सवारी साधन भएकोले आफुले चढ्‍ने निश्चय गरेको' बताउनु भयो।

स्मरणीय छ, न्यू योर्कका खर्बपति धनाढ्‍य मेयर मैकेल ब्लुम्बर्ग पनि सब वे चढ्‍ने गर्छन् र बर्षको एक डलर मात्र मेयरको रुपमा तलब लिन्छन्‌।


Prime Minister Prachanda with Nepalese from USA and Canada. Photo courtesy: Shailesh Shrestha

उता हिजो साँझ प्रधानमन्त्री प्रचन्डले गणतन्त्रमा विश्वाश राख्ने प्रगतिशिल बिचारधाराका बिभिन्न ब्यवसाय गरी अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपालीहरुको न्यू योर्क शहरमा आयोजित एक भेलालाई सुरक्षा र ब्यस्त कार्यक्रमको घेरा तोडी २, ४ ब्लक गल्ली पैदल हिंडेरै भेटघाट गर्नु भएको थियो। भेटमा कमरेड प्रचन्डले उहाका शुभचिन्तकहरुले गरेको 'ब्रिफिङ' को बडो ध्यान दिएर सुन्नु भएको सहभागि एक विश्वशत सुत्रले बताए।

यता आजै बिहान प्रधानमन्त्रीले युएस नेपाल अनलाइनसँग बिशेष भेटबार्ता गर्नु भएको छ । (बिशेष भेटबार्ता भोली प्रकासित गरिने छ।)


H.E. Ambassador to UN Madhuraman Acharya, Rt. Hon. Prime Minister Pushpakamal Dahal 'Prachanda and USNepalOnline.Com Editor-in-Chief Pradeep Thapa Magar. Photo by Ang Kami Sherpa (PhotoHera.Com)

युएस नेपाल अनलाइनको तर्फबाट प्रधानमन्त्रीलाई उहाँले September 25 मा सहस्राव्दी विकास लक्ष्य (UN Millennium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेचमा सम्बोधन गर्दै गर्नु हुँदा अनलाइनले खिचेको बिशेष फोटो (हेर्नुहोस्) र अनलाइनले बिगत १० महिनामा उहाँबारे प्रकासित गरेको चुनिएका फिचर समाचारहरुको सङ्ग्रह कपी प्रदान गरिएको छ ।

प्रधानमन्त्रीले अमेरिकामा कृयाशिल प्रिन्ट र अनलाइन मिडियाका अन्य केही प्रतिनिधिहरुलाई पनि भेट गर्नु भएको छ।

यो पन्क्तिकारले सङ्युक्त राष्ट्र संघ महासभा बैठक र न्यू योर्क शहरमा भएका बिभिन्न कार्यक्रममा प्रधानमन्त्रीलाई पछ्‍याउँदा, पछ्‍याउँदा आज साँझ बिदाइको बेलामा भनेको थियो- "आइटी र पत्रकारिताको मान्छे हुँ, तपाईंहरुले देश बनाए पनि, नबनाए पनि स्वदेश त आइन्छ नै। तर तपाईंलाई सफलताको शुभकामना छ" भनेर बिदा हुँदा प्रधानमन्त्रीले भन्नु भएको थियो- "जरुर आउनुहोस्, देश त हामी बनाएरै छाड्‍छौं, ढुक्क हुनुहोस्।"

साँच्चै हाम्रा प्रधानमन्त्रीको आश्वासनलाई विश्वाश गर्न सकिन्छ त? त्यो चाँही भबिश्यले नै बताउला तर यो पन्क्तिकारले न्यू योर्कमा भेटेको नयाँ नेपालको नयाँ प्रधानमन्त्री चाँही साँच्चिकै करिस्माटिक लाग्यो । गीतै छ नी- "मोहनी लाग्ला है गाउँलेको भाकाले..."

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726
 
Read our related news:
» न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन (20 Photos)
  अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए"
» UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos)
   Nepal’s New Prime Minister Envisions Achievement by 2018
» न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos)
 "Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan
» For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos)
» News update: बुश र प्रचन्ड दुबै प्रसन्न: अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क
» प्रधानमन्त्री प्रचन्डसहित १३ जनाको नेपाली प्रतिनिधि मण्‍डल न्यू योर्कमा
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®