|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्री प्रचण्ड उडे न्यू योर्कतिर काठमाडौँ, September 20, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संयुक्त राष्ट्र संघको ६३ औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री असोज ४ गते दिउँसो दुई बजे थाई एयरको विमानबाट न्यूयोर्क तर्फ गएका हुन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको यो पहिलो अमेरिका भ्रमण हो । प्रधानमन्त्रीलाई अमेरिकामा राष्ट्रपति जर्ज डब्ल्यू बूशले स्वागत गर्ने भएका छन् । अमेरिका जानुअघि विमानस्थलमा सन्चारकर्मीहरुसित प्रधानमन्त्री प्रचण्डले नेपालमा गणतन्त्र आइसकेको र धेरै परिवर्तन भइसकेकाले नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न विश्व समूदायलाई आग्रह गरिने बताए । 'अब नेपाललाई नयाँ ढङ्गबाट सोच्न आग्रह गर्छु ।' प्रधानमन्त्रीले भने । भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी सीता, स्वकीय सचिव शक्तिबहादुर बस्नेत, परराष्ट्रस सचिव ज्ञानचन्द्र आचार्य लगायत सहभागी छन् । प्रधानमन्त्रीले असोज १० (September 26) गते संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले सहस्राव्दी विकास लक्ष्य (UN Millenium Development Goals) का सम्बन्धमा हुने उच्चस्तरीय कार्यक्रम तथा गरिबी र भोक सम्बन्धी गोलमेच छलफलमा पनि भाग लिने छन् । प्रधानमन्त्री अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुश र संयुक्त राष्ट्र सङ्घ महासचिव बान कि मूनले आयोजना गर्ने छुट्टाछुट्टै स्वागत समारोहमा सरिक हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री असोज १४ (September 30) गते स्वदेश फर्कनु हुनेछ । न्यूयोर्क जानुअघि प्रधानमन्त्रीले राजनीतिक र कुटनीतिक भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले एमाले महासचिव झलनाथ खनाल र जनमोर्चाका कार्यवाहक अध्यक्ष लिलामणि पोख्रेलसंग पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका बारेमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीको अमेरिका भ्रमण, बजेट कार्यान्वयन र दलहरुबीचको सहकार्यका बारेमा छलफल भएको थियो । त्यस्तै राष्ट्र संघीय मिसन 'अनमिन' प्रमुख ईयान मार्टिनसित प्रधानमन्त्री प्रचण्डले सेना समायोजनको मोडालिटीबारे छलफल गर्नुभएको थियो । आजै प्रधानमन्त्री र भारतीय राजदूत राकेश सुदसँग पनि छलफल भएको थियो । -Santa Bagam in Kathmandu |
|
|
Read our related news: अन्तत: प्रधानमन्त्री प्रचन्डको अमेरिकि राष्ट्रपति जर्ज बुशसँग भेट हुने भो न्यू योर्कमा प्रचन्डलाई 'हेर्न र फोटो खिचाउन' नेपालीहरुले छुट्टी लिदै छन् |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||