Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सन्‍चारकर्मीको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध-प्रधानमन्त्री
दण्डहिनतालाई सरकारले प्रोत्साहित गरेको कोइरालाको दाबी

काठमाण्डौ, 6 Feb, 09- प्रधानमन्त्री पुष्पकमल दाहालले सन्‍चारकर्मीको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् भने काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री कोइरालाले सन्‍चारकर्मी र सन्‍चारमाध्यममाथि आक्रमण हुँदा पनि सरकार मुकदर्शक भएर बसेको आरोप लगाएका छन् ।

प्रेस स्वतन्त्रताको अवस्थाबारे अध्यन गर्न नेपाल आएका अन्तराष्ट्रिय मिडिया मिसनसँग माघ २४ गतेको भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्रको आधारभुत सिद्धान्त नै स्वतन्त्र पत्रकारिता भएकोले त्यसको संरक्षण र संवद्र्धनमा सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका हुन् । िसंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा मिसन टोलीले प्रधानमन्त्रीलाई आफूले बोलेका सबै कुरा व्यवहारमा उतार्न आगह गरेका थिए ।

यसैवीच मिसन टोलीले आजै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटेर नेपालको प्रेस स्वतन्त्रताको बारेमा छलफल गरेको थियो ।

पूर्वप्रधानमन्त्री कोइराला निवास महाराजगंज पुगेका अन्तराष्ट्रिय मिडिया मिशन टोलीसँगको भेटमा कोइरालाले दण्डहिनतालाई सरकारले प्रोत्साहित गरेको दाबी गरे । प्रेस माथिको आक्रमण लोकतन्त्र माथिकै आक्रमण भएको बताए ।

कोइरालाले प्रेस स्वतन्त्रताको लागि भएको पत्रकार महासंघको आन्दोलनाई काँग्रेसले समर्थन गर्ने उल्लेख गरे । उनले मिसन टोलीलाई प्रेस स्वतन्त्र हनन् बारे सत्य तथ्य पत्ता लगाएर मात्रै फर्किन आग्रह गरे ।

मिसन टोलीले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको विषयमा सबै दलसंग छलफल गर्ने बताएका थिए ।

टोलीले पत्रकारहरुको सुरक्षा अवस्थाबारे गृह सचिव गोविन्द कुसुम, शसस्त्र प्रहरी महानिरिक्षक बासुदेव ओली, जनपथ प्रहरी महानिरिक्षक हेमबहादुर गुरुङ्ग र अनुसन्धान विभाग प्रमुख धनबहादुर कार्कीसँग पनि जानकारी लिएको थियो ।

-Santa Bagam in Kathmandu











   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®