Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

गणतन्त्रवादी प्रधानमन्त्री प्रचण्डले राजालाई उपहार दिने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Harald V, King of Norway. Photo file: Sitaram

काठमाण्डौं,  25 Mar, 09- सामन्तवादको प्रतिक मान्दै राजतन्त्र उन्मुलनकालागि सशस्त्र संघर्षको नेतृत्व गरेका माओवादी प्रधानमन्त्री प्रचण्डको राजासँग भेट? अझ प्रचण्डद्धारा राजालाई उपहार पनि दिने कुरा सम्भव होला ?

भनिन्छ, राजनीतिमा सबैकुरा सम्भव हुन्छ । हो, गणतन्त्रवादी प्रधानमन्त्री प्रचण्डले राजालाई यसैहप्ता भेट्दैछन् ।

सोच्नुभयो होला गतसाल गद्धी छाडेका पूर्व राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री प्रचण्डले भेट्न लागे । तर होइन । बरु उनले भेट्न लागेका हुन् नर्वेका राजालाई । यसैहप्ता हुने प्रधानमन्त्री प्रचण्डको नर्वे र फिनल्याण्डको भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले त्यहाँका नरेश हेराल्डसँगपनि भेटघाट गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्ड आगामी शनिवार त्यसतर्फ लाग्दैछन् ।

विदेश भ्रमणका क्रममा नेपाली प्रधानमन्त्रीले सम्बन्धित देशका उच्च पदस्थ व्यक्तिहरुलाई उपहार दिने चलन छ । नर्वेका राजालाई नेपाली प्रधानमन्त्रीले दिने उपहारपनि तैयार पारिएको छ । राजा हेराल्ड लगायतका उच्च पदस्थ व्यक्तित्वहरुलाई दिनकालागि परराष्ट्र मन्त्रालयले चाँदीबाट निर्मित बुद्धको मण्डला र चाँदीकै दियो तैयार पारेको छ ।
  जानकारी अनुसार, प्रधानमन्त्री प्रचण्डले नर्वेली राजालाई चाँदीको मण्डला उपहार प्रदान गर्नेछन् । नेपालमा गणतन्त्र ल्याउन सबैभन्दा अग्रणी भूमिका खेलेका प्रचण्डले राजा हेराल्डलाई बुद्धको चाँदीको मण्डला उपहार दिएपछि कस्तो कुराकानी गर्लान् / नर्वेका राजाले नेपालका अपदस्थ राजाको बारेमा सोधे भने प्रचण्डले के भन्लान् ? यो कुरा सुन्न भने केही दिन कुर्नै पर्ने भएको छ ।

-Sitaram Baral in Kathmandu
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®