प्रधानमन्त्रीद्वारा कार्यकर्ताहरुलाई अर्को
संघर्षको लागि तयार निर्देशन
काठमाण्डौ, 14 Feb, 09-
प्रधानमन्त्री तथा एकिकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचन्ड' ले
आफ्ना कार्यकर्ताहरुलाई अर्को संघर्षको लागि तयार निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले अखिल नेपाल ट्रेड युनियन महासंघको संघीय परिषदको
फागुन ३ गतेको बन्दसत्रमा बोल्दै आफ्नो पार्टीले अहिले संघर्षको रुपमा
परिवर्तन मात्रै गरेको बताउँदै भने 'संधै यो परिस्थिति नै रहन्छ भन्ने
नठान्नु होला । अर्को संघर्षको लागि तयार रहनुहोस् ।' शान्ति प्रकि्रया,
संविधान सभाको निर्वाचन पनि लडाईको अर्को मोर्चा भएको दाहालको भनाई थियो ।
जडसुत्रवादी र दक्षिणपन्थी दुबै चिन्तनले नेपालको वाम आन्दोलनलाई बदनाम
गरेको उनको भनाई थियो । ललितपुरको खन्ना गार्मेन्टमा आयोजना गरिएको
कार्यक्रममा बोल्दै दाहालले सरकार साझेदार एमालेलाई 'चरम संशोधनवादी' भएको
आरोप समेत लगाए । एमाले शुरुमै संशोधनवादी नभएको तर पछि उठ्नै नसक्ने गरी
चरम संशोधनवादमा फसेको उनको भनाई थियो । माओवादीले पनि सत्तामा पुगेपछि
मजदुर वर्गलाई वेवास्ता गर्छ कि भन्ने शंका एकदमै जायज भएपनि माओवादीले रंग
नफेर्ने दाहालको भनाई थियो ।
कार्यक्रममा ट्रेड युनियनका विभिन्न शाखाको प्रतिवेदन प्रस्तुत गरिएको थियो
।