|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन गरेको हल कुन हो?' -प्रधानमन्त्री 'प्रचण्ड' |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
तत्कालिन शाहज्यादा पारश पूर्व युवराज पारश छानविन समितिका संयोजक केशवप्रसाद उपाध्याय र तारानाथ रानाभाटलाई घटनाबारे जानकारी गराउँदै Paras, Keshavprasad Upadhyaya and Taranath Ranabhat. फोटो: बिशेष दरबार सुत्र । कृपया पुन: प्रकासित नगरिदिनुहोला। Photos are obtained from our source at the Narayanhiti Royal Place. Please DO NOT republish. (See more photos of Royal Massacre) काठमाडौँ, September 13, 2008- संघीय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पहिलो पटक नारायणहिटी दरबार संग्राहलयको स्थलगत अवलोकन गरेका छन् । पूर्व राजा बस्दै आएको नारायणहिटी दरबारलाई गणतन्त्रको औपचारिक घोषणापछि संग्रहालय बनाइएको हो । प्रधानमन्त्री प्रचण्ड सहित उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम सूचना तथा सन्चार मन्त्री कृष्णबहादुर महरा र सामान्य प्रशासन मन्त्री पम्फा भुसालले भदौ २८ गते संग्राहलयको निरिक्षण गरेका हुन् । नारायणहिटीलाई कसरी बढीभन्दा बढी उपयोगी बनाउन सकिन्छ भनेर प्रधानमन्त्री नेतृत्वको टोलीले निरीक्षण गरिएको हो । विहान १०.२० बजे गौरी शंकरद्धारबाट प्रवेश गरेका प्रधानमन्त्रीले दरबार हत्याकाण्ड भएको ठाउँको समेत निरीक्षण गरेका थिए । यद्यपि घटना भएको मुख्य हल अहिले भत्काइ सकिएको छ । दुइ वर्ष अगाडि सो हल भत्काइएपछि त्यहाँ दुई तर्फ पर्खाल मात्र बाँकी रहेको छ । २०५८ साल जेष्ठ १९ गते दरबार हत्या काण्डमा परी तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत उनका स-परिवारको हत्या भएको थियो । प्रधानमन्त्रीले अत्याधिक चासोकासाथ पूर्व राजाको सयन कक्षको अवलोकन गरे । यस वाहेक गद्दी आरोहण कक्ष तथा विभिन्न जिल्लाको नामबाट नामाकरण गरिएका वैठक/सभाकक्षको अवलोकन गरेका थिए । त्यहाँ कार्यरत उप-सचिव जयराम महर्जनका अनुसार त्यहाँ जिल्लाको नामबाट नामकरण गरिएका ६०/७० सभाकक्ष तथा वैठकहल रहेका छन् । नारायणहिटीमा करिब ४५ मिनेट बिताएका प्रधानमन्त्री प्रचण्डले विदेशी राष्ट्र प्रमुख सुत्ने, राजदुतले ओहदाको प्रमाणपत्र चढाउने हलको समेत अवलोकन गरे । पूर्व राजा ज्ञानेन्द्र शाह नागार्जुन सर्नु अघि पत्रकार सम्मेलन गरेको हल कुन हो भनेर त्यहाँ कार्यरत कर्मचारीसँग प्रधानमन्त्रीले सोधेका थिए । यसअघि सरकारले नारायणहिटीमा औपचारिक कार्यक्रम गरेर झन्डोत्तोलन गरे पनि प्रधानमन्त्री प्रचण्ड सहभागी थिएनन् । -Santa Bagam in Kathmandu |
|
|
Read our related special report: (17 Royal Massacre photos) नारायणहिटी राजदरवार हत्याकाण्डको ८ बर्ष: जहाँबाट नेपाली राजतन्त्रको अबसानको सूत्रपात भयो |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||