|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्री प्रचन्डसहित १३ जनाको नेपाली प्रतिनिधि मण्डल न्यू
योर्कमा गणतन्त्र नेपालका प्रथम निर्बाचित प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचन्ड ले आजै साँझ अमेरिकि राष्ट्रपति जर्ज डब्ल्यु बुशसँग न्यू योर्क शहरस्थित The Waldorf Astoria Hotel, 301 Park Avenue मा भेट्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचन्ड र उहाँकी श्रीमती सिता दाहाललाई राष्ट्रपति बुश र उहाँकी श्रीमती लाउरा बुशले स्वागत भेट गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री प्रचन्डले संरासंका महासचिब बानकि मुनसँग पनि भेट गर्नु हुने छ। प्रधानमन्त्री प्रचन्ड न्यू योर्कमा रहुन्जेल Grand Hyatt Hotel, 109 East, 42nd Street at Grand Central Terminal, New York मा बस्ने ब्याबस्था मिलाइएको छ। भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी सीता दाहाल, प्रम पुत्र प्रकाश दाहाल, प्रम प्रमुख सल्लाह्कार हिराबहादुर थापा, स्वकीय सचिव शक्तिबहादुर बस्नेत, मुख्य सचिब भोजराज घिमिरे, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रमका निजी चिकित्सक डा. दामोदर गजुरेल, चिफ अफ प्रोटोकल निरन्जनमानसिंह बस्नेत, सरकारी संचार नेपाल टिभीका पत्रकार उत्तम सिलवाल, प्रमका दुई निजी सुरक्षाकर्मी सहभागी छन् । त्यसै गरी ६ जनाको अर्को नेपाली टोली नेपाल उध्द्योग बाणिज्य महासंघका अध्यक्ष्य कुशकुमार जोशीको नेत्रित्वमा प्रम प्रतिनिधि मण्डलसँगै न्यू योर्क आई पुगेको छ। प्रधानमन्त्रीले संयोगबस भोली September 23 तारिख संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्ने दुई ज्यानि दुस्मनी राष्ट्र अमेरिका र ईरानका राष्ट्रपतिहरु जर्ज डब्ल्यु बुश र महमुद अहमदिनेजादको जुवारीको जम्काभेट हेर्नु हुने छ भने प्रधानमन्त्री स्वयमले चाँही September 25 तारिख सहस्राव्दी विकास लक्ष्य (UN Millenium Development Goals) का सम्बन्धमा डाकिएको उच्चस्तरीय कार्यक्रम Poverty and Hunger (गरिबी र भोक) सम्बन्धी गोलमेच छलफलमा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले September 27 तारिखमा बिहानको General Assembly सेसनमा संयुक्त राष्ट्र सङ्घ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। युएस नेपाल अनलाइनले यि दुईटै कार्यक्रमको समाचार र फोटो फिचर प्रस्तुत गर्ने छ। |
|
|
यसै बिच, न्यू योर्क शहरमा ३ वटा पब्लिक कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको छ। जसअनुसार, २४ साँझ महामहिम आचार्यले प्रधानमन्त्रीको स्वागत रात्रीभोजको आयोजना राख्नु भएको छ भने एशिया सोसाइटीले यसै दिन बिहान एक अन्तरकृया कार्यक्रम राखेको छ। त्यसैगरी न्यू स्कुल युनिभर्सिटी, न्यू योर्कले सेप्टेम्बर २६ तारिखमा न्यू योर्कमा कृयाशिल नेपाली संघ संस्थाहरुसँग मिलेर संयुक्त रुपमा एक अन्तरकृया कार्यक्रम राखेको छ। न्यू योर्कका नेपाली संघ संस्थाहरुले सङ्युक्त रुपमा अर्को एक स्वागत तथा अन्तरकृया कार्यक्रम सेप्टेम्बर २७ मा राखेका छन्। न्यू योर्कका नेपाली संघ संस्थाहरुको अन्तरकृया कार्यक्रमको पूर्ण विवरणका लागि यस अनलाइनको Event Listing Section हेर्नुहोस्। प्रधानमन्त्री प्रचन्ड २८ सेप्टेम्बरमा नेपाल फर्किनु हुने छ। एक अनुमानअनुसार झन्डै सवा लाख नेपालीहरु अमेरिकामा बसोबास गर्दछन् भने न्यू योर्क शहरमा मात्र ३० देखी ४० हजारको सङ्ख्यामा नेपालीहरुको बस्ती छ। यु एस नेपाल अनलाइन प्रधानमन्त्री प्रचन्डको न्यू योर्क भ्रमणको बिशेष प्रस्तुती पस्किदै छ। पर्खनुहोस्। -Pradeep Thapa Magar in UN Headquarters, New York. Comments? 551-358-7726 |
||
|
Prime Minister Prachanda. Photo: Sitaram Read our related news: » प्रधानमन्त्री प्रचण्ड उडे न्यू योर्कतिर » Important news update: न्यू योर्कमा प्रधानमन्त्री प्रचण्डको ७ दिने भ्रमण, भेटघाट, अन्तर्कृया विवरण » Special Kathmandu Correspondent, Smita Magar, will write daily coverage of the ANNFSU Convention (Sept. 20 to 26) and will later feature news about the Gurkha Memorial Museum and other historic places and landmarks of Pokhara during her stay there. » New York Editor for Terai Region, Amit Shah, just flew to Janakpur, Nepal to cover the World Convention of the Non Resident Nepalese Association (NRNA) which is scheduled for Oct. 13th. » Editor-in-Chief, Pradeep Thapa, has already begun reporting on the 63rd United Nations General Assembly Meeting in New York. It runs from September 16th through October 1st and will include two addresses by Prime Minister Prachanda. USNepalOnline.Com will bring you the news of all of Prime Minister Prachanda’s appearances during his visit to New York. |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||