Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'कांग्रेसले जनताको हित हुने संविधान लेखेर दिने भए हामीले संविधान सभाकालागि किन जनयुद्ध गर्नुपर्थ्यो? -प्रधानमन्त्री प्रचण्ड


सभामा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचन्ड Photos: Sitaram

काठमाण्डौं, December 17, 2008-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो पार्टीको बहुमत नहुँदा जनताको पक्षमा काम गर्न कठिनाई भएको र जनताकालागि छुट्याइएको बजेट गाउँघरका जनताको घर आँगनमा जान लागेपछि सरकार ढाल्ने खेल सुरु भएको बताएका छन् ।

नेकपा माओवादी लमजुङ्गद्धारा लमजुङ्गको भोटेवडारमा आयोजित जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले उपरोक्त कुरा बताएका हुन् ।

'हामीले आर्थिक बर्ष २०६५-०६६ को बजेटमा गरिव उत्पीडित जनताको पक्षमा बजेट विनियोजन गरेका छौं बजेट अब गाउँघरमा जाने बेला हुन लागेको छ' प्रधामन्त्री प्रचण्डले भने- 'त्यो बजेट गएर जनताको पक्षमा काम हुन थालेपछि माओवादी अरु बढि लोकपि्रय हुन्छ र ३०-४० बर्षसम्म शासन गर्न पाउँछ भनेर गाउँघरमा बजेट जानु अगावै सरकार ढाल्ने खेल सुरु भएको हो ।'
 
प्रचण्ड र उनको सुरक्षाकालागि पछिल्तिर उभिएका सैनिक कर्णेल अरुणिसंह राठौर, शहीदप्रति श्रद्धान्‍जली अर्पण गर्दै प्रचण्ड Photos: Sitaram

माओवादी अझै नसुध्रेको भन्ने माओवादी इतरका दलहरुको आरोपको प्रतिवाद गर्दै प्रचण्डले माओवादी नसुध्रेको नभई गाउँघरका जाली फटाहाहरु र तिनको नेतृत्व गर्दै विगतमा सरकारमा बस्नेहरु नसुध्रेको उनको कथन थियो । कांग्रेस र एमालेप्रति संकेत गर्दै प्रचण्डले भने- 'जाली फटाहाहरु सुध्रेका छैनन् उल्टो उनीहरु नै हामी नसुध्रेको भनेर आरोप लगाउँदैछन् ।' दुई दलको नाम नकिटी प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन् ।

सरकारमा विभिन्न अनुहारका पार्टी भएका कारण जनताको पक्षमा अपेक्षा गरिए अनुसार काम गर्न नसकिएको बताउँदै प्रचण्डले यही अवस्थाका कारण आफू कहिलेकाहीं प्रधानमन्त्री हो कि विद्रोही नेता हो भनेर कन्‍फ्‍यूजनमा पर्ने गरेको बताए । उनले भने- 'सरकारको बनोट भाङ्ग्राको टोपीमा गुहेंलाको फूलजस्तो भएको छ ।' यो उखान जोडेर उनले सत्ता साझेदार दलहरु माओवादीकालागि अमिल्दो सावित भएको संकेत गरेका थिए ।

हिजो जनयुद्धलाई सुरुवातमै निमोठ्न खोज्नेहरु अहिले माओवादी सरकारको नेतृत्वमा पुगेपछि सरकारले जरो गाड्नै नपाई फेरि निमोठ्न खोजेको बताउँदै प्रचण्डले भने- 'हिजो हाम्रो टाउकाको मूल्य तोक्नेहरु अहिले हामी सरकारमा गएपछि फेरि अर्कै अर्थमा टाउकाको मूल्य तोक्न खोज्दैछन् ।' यसो भनेर प्रचण्डले फेरि माओवादीलाई युद्धमा फर्काउन खोजिएको संकेत गरेका थिए ।

'यस्तो अवस्था आयो भने हामी बन्दुक बोक्न बाध्य हुनेछौं भनेको हुँ, जनताको अधिकार खोसियो भने जनता बन्दुक बोक्न बाध्य हुन्छन् भन्ने मेरो भनाई हो तर यसलाई अपब्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको छ' प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री भैसकेपछिपनि प्रचण्डले विद्रोहको धम्की दिएको भन्दै विरोध गर्न थालेपछि स्पष्टिकरण िदंदै प्रचण्डले भने- 'उनीहरु अनेक अफवाह फैलाएर सरकारलाई अप्ठेरोमा पार्ने र ढाल्ने खॆलमा लागेका छन् ।'

सेना समायोजनका सम्बन्धमा कांग्रेसको भूमिकाको उनले कडा शब्दमा टिप्पणी गरे । '९५ हजार सेना कसैको बाबुको बपौति होइन यो नेपाली जनताको सेना हो, सहमति भैसकेको कुरालाई कसैले हुन दिन्नौ भन्दैमा नहुने होइन' क्रुद्ध देिखएका प्रचण्डले भने- 'उनीहरु घुमाईफिराई देशलाई अशान्तिमा लैजान खोज्दैछन् यदि यस्तो हर्कत बढ्दै गयो भने हामी शान्तिकालागि फेरि लड्न बाध्य हुनेछौं ।'

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीले संविधान निर्माण प्रकृयालाई ओझेलमा पार्न खोजेको आरोप लगाउँदै माओवादी अवरोधका बाबजुद आफूले संविधान निर्माण गरेर जनतालाई दिने बताउँदै आएका छन् । कोइरालालाई प्रचण्डको प्रश्न थियो- 'कांग्रेस र गिरिजाले जनताको हित हुने संविधान लेखेर दिने भए हामीले संविधान सभाकालागि किन जनयुद्ध गर्नुपर्थ्यो? किन जनताका छोराछोरीले बलिदान दिनु पर्थ्यो?'

-Sitaram Baral in Lamjung
 
प्रचण्डको सुरक्षा गर्दै नेपाली सेनाका एक कमाण्डो सैनिक Photos: Sitaram
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®