|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
प्रधानमन्त्री प्रचण्डको तीन दिने भारत भ्रमण शुरु |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Archive» Nepal's relation with Indian & China: Balancing Act. Illustration: eEyeCam ![]() PM Prachanda at the Tribhuvan International Airport, Kathmandu before leaving for India. Photos: Santa काठमाडौँ, September 14, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पाँच दिने औपचारिक भारत भ्रमण ४४ सदस्यीय टोली सहित शुरु भएको छ । पहिले चाइना गए भारत रिसाउने, सुरुक्क भारत गए भारतीय 'पुच्छर' भईने दोधारमा फँसेका दुई ढुङ्गा बिचको तरुल नेपालको प्रधान मन्त्री प्रचन्ड बेइजिङ गए यता भारत रिसाएको निक्कै चर्चा चलेको थियो। ![]() |
|
|
प्रधानमन्त्रीसँग भारत भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी सीता दाहाल पनि जाँदैछिन् भने मन्त्रीहरुमा परराष्ट्रमन्त्री उपेन्द्र यादव, जलश्रोत मन्त्री बिष्णु पौडेल, संचारमन्त्री कृष्णबहादुर महरा र वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो छन् । सभासदहरुमा पृथ्वीसुब्बा गुरुङ, तिलक रावल र रामकुमारी यादव छन् । प्रधानमन्त्रीलाई विदाई गर्न काठमाडौं स्थित अन्तराष्ट्रिय विमानस्थलमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग, मन्त्रीहरु, प्रधानसेनापति, नव नियुक्त प्रहरी महानिरीक्षक, राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका पदाधिकारीहरु उपस्थित थिए । पुष्पकमल दाहाल 'प्रचण्ड'लाई इन्दिरा गान्धी विमान स्थलमा भारतीय गृहराज्यमन्त्री डा. सकिल अहमदले स्वागत गरेका छन् । भारतबाट प्रकाशित हुने 'द हिन्दु' पत्रिकाका अनुसार प्रधानमन्त्रीको स्वागत गर्न विदेश सचिव शिवशंकर मेनन, नेपालका लागि भारतीय राजदुत राकेश सुद, भारतका लागि नेपालका राजदुत डा. दुर्गेशमान सिंह लगायत पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निम्तामा भदौ २९ गते साँझ नेपाल वायु सेवा निगमको उडान मार्फत नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री प्रचन्डले भारत भ्रमणको क्रममा सन् १९५० को सन्धी लगायत अन्य असमान सन्धी सम्झौताहरुको बारेमा कुरा उठाउनुका साथै कोशी बाँधको बिषयमा, नेपाल र भारत बिच सिमा बिबाद र दुई पक्षीय ब्यापार र लगानी सम्बन्धबारेमा बार्ता गर्ने बताइएको छ। भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड असोज २ गते स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । -Santa Bagam in Kathmandu ![]() ![]() Photos: Santa |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||