|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्री प्रचण्डको पहिलो संबोधनमा के के
प्रतिबद्धता गरिएको छ?![]() Prime Minister Prachanda delivering his first speech to the nation. Photo: Santa via Kantipur TV काठमाडौं, August 23, 2008- प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा पहिलो पटक संबोधन गर्दै शहीदहरुका सपना पूरा नभएसम्म क्रान्ति र संघर्षको बाटोमा निरन्तर अघि बढ्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानमा कार्यरत अधिकृत तथा जवानहरुलाई हिजो युद्धकालको सबै आग्रह र पूर्वाग्रहलाई बिर्सेंर काम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले विगतका तिता कुरा बिर्सेंर नयाँ नेपालका निर्माणको लागि नयाँ ढंगले काम गर्न आग्रह गरेका छन् । लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउन सबै एकजुट हुन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाली नै नरहे नेपाल रहन नसक्ने र गणतन्त्रको पनि औचित्य नरहने भएकाले राष्ट्रिय एकतामा जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट गरिएको सम्वोधनमा सप्तकोशी नदी डुबानबाट भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्रीले पीडितहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्ने बताए । करिब १३ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्रीले विगतका सरकारले विभिन्न पक्ष तथा समुदायसंग गरेका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै द्धन्द्धको दिगो समाधान खोजी शान्तीलाई तार्किक निष्कर्षमा पुर्याउने उल्लेख गरे । |
|
|
गुणात्मक आर्थिक वृद्धि गरी छिट्टै देशलाई समृद्ध
बनाउने प्रतिबद्धता ब्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रलाई
मुठ्ठीभर हुनेखाने र टाठाबाठाहरुको औपचारिक लोकतन्त्रमा मात्र सीमित राख्ने
प्रवृतिका विरुद्ध लोकतन्त्रलाई बहुसङ्ख्यक श्रमिक जनताको बास्तविक
लोकतन्त्रमा विस्तारित गर्न विशेष जोड दिइने भनाई व्यक्त गरे
। आर्थिक र राजनीतिक क्रान्तिलाई सँगसँगै पूर्णता दिने बताउँदै उहाँले
राष्ट्रिय प्राथमिकता अनुकूल कृषि र पर्यटन क्षेत्रको विकासका लागि जोड
दिने बताए । चीन भ्रमणमा जानु भन्दा केही घण्टा पहिले गरिएको सो सम्बोधनमा प्रधानमन्त्रीले मुलुकमा व्याप्त 'भ्रष्टाचार' रुपी क्यान्सरलाई निराकरण गरी जनजीविकाको सवालमा जोड दिने प्रतिबद्धता जाहेर गरे । सम्बोधनका क्रममा औद्योगिक अर्थतन्त्र निर्माणमा मुख्य रुपले जोड दिने र बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने उनले बताए। राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले दलगत स्वार्थबाट माथि उठी राष्ट्रनिर्माणमा लाग्न सबैलाई आग्रह गरे । -Santa Bagam in Kathmandu |
||
|
महत्वपूर्ण दस्ताबेज:
प्रधानमन्त्री प्रचण्डको पहिलो संबोधनको पूर्ण
रुप Important Document: Prime Minister Prachanda's First Address to the Nation |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||