Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

सरकारी अधिकारीहरुमा राणाकालीन र शाहकालीन मानसिकता अझै बाँकी



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Prime Minister Prachanda at the event. Photo: Santa

काठमाण्डौं, December 5, 2008-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै पनि राज्य कतिको लोकतान्त्रिक छ भन्नेकुरा बुझ्न उसले जनतालाई प्रवाह गर्ने सूचना हेरेर थाहा पाउने बताएका छन् ।

प्रतिगमनकारी सरकारले मात्रै जनतासमक्ष सूचना लुकाउने उनले बताए । मंसिर २० गते राष्ट्रिय सूचना आयोगले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले माओवादीलाई सूचना लुकाउने अधिनायकवादी वा निरंकुश पार्टी नठान्न नेपाल सरकारका कर्मचारीहरुलाई निर्देशन दिए । सरकारका उच्चतहका सचिव उपसचिव सहसचिवहरुको उपस्थितिरहेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने 'तँपाईहरुले ठान्नु भएको होला युद्धबाट आएको हाम्रो पार्टी सूचना लुकाउन चाहन्छ तर त्यो सरासर गलत हो । सूचना दिएर नै वर्गीय, जातीय, भाषीक लगायतका उत्पीडनमा परेकाहरुलाई हामी जनताको मालिक बनाउन चाहन्छौं ।'

िसंहदरबारमा आयोजित 'सूचनाको हकसम्बन्धी अन्तरकि्रयात्मक संकल्प गोष्ठी' मा बोल्दै प्रधानमन्त्री प्रचण्डले समाजको विकास संगै लोकतन्त्रको मोडल पनि परिवर्तन हुदै जाने भएकाले अहिले जति राज्यले जनतालाई सुचना प्रवाह गर्न सक्यो त्यति राज्य प्रजातान्त्रीक हुने धारणा राखे । देश परिवर्तनको संघारमा भएपनि अहिले पनि राणाकालीन र शाहकालीन मानसिकता सरकारी अधिकारीहरुमा वाकी रहेकोले जनतालाई मालिक ठान्दै आफ्ना काम कार्वाही अगाडी वढाउन सवैलाई निर्देशन दिए ।

सोही कार्यक्रममा सूचना तथा संचारमन्त्री कृष्णवहादुर महराले हिजोको राज्य व्यवस्था सामन्तवादमा आधारीत भएकोल त्यो जनता भन्दा धेरै टाढा भएको महसुस भएपनि अहिलेको सरकारले राज्य र जनता विचको सम्वन्धलाई नङ र मासुको जस्तो वनाउने प्रयासरत रहने धारणा राखे ।

मुख्य सचिव भोजराज घिमिरेले सरकारका सय दिनका निर्णयहरु वेभसाइटमा राख्ने कार्य प्रारम्भ भएको तथा यसलाई निरन्तरता दिइने बताए । उनले कर्मचारीहरुलाई जनताको सुसूचित हुने अधिकार नलुकाउन समेत आग्रह गरे ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®