प्रधानसेनापतिबाट कटवाललाई हटाईने कुरा बेकारको हल्ला मात्रै
-प्रधानमन्त्री काठमाण्डौं,January 7, 2009-प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालु 'प्रचण्ड'ले
नेपाली सेनाका प्रधानसेनापतिबाट रुक्मांगत कटवाललाई हटाईने कुरा बेकारको
हल्ला मात्रै भएको प्रतिकृया दिएका छन् ।
िसंहदरबारस्थित माओवादी संविधान सभा दलको कार्यालयमा पुस २३ गते
संचारकर्मीले राखेको प्रश्नको संक्षिप्त जवाफमा प्रधानमन्त्री प्रचण्डले
यस्तो प्रतिकि्रया दिएका हुन् । नेपाली सेनामा नयाँ भर्ती लिइएको विषयमा
भएको विवादसँगै प्रधानसेनापति कटवाललाई हटाउने बजार हल्ला चलेको थियो ।
यसैवीच रक्षामन्त्री रामबहादुर थापा 'बादल'ले प्रधानसेनापति कटवालसँग छलफल
गरेका छन् । रक्षामन्त्री थापाले कटवाललाई आज विहान ११ बजे आफ्नै
मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । कटवालले रक्षामन्त्रीसँगको आफ्नो
भेटघाट नियमित प्रकृति भेटघाट मात्रै भएको प्रतिकि्रया दिए ।
रिक्त रहेको दरबन्दी पुरा गर्न नयाँ भर्ती लिएको सेनाको भनाई छ भने
माओवादीले वृहत शान्ति सम्झौता अनुसार भर्ती लिन नमिल्ने बताउँदै आएको छ ।
केही दिन अघि माओवादी जनमुक्ति सेनाका डेपुटीकमाण्डर बलदेवले सेनाले भर्ती
नरोके आफूहरुले पनि जनमुक्ति सेनामा नयाँ भर्ती लिने बताएका थिए ।