|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रधानमन्त्री पदमा टिकि रहने कोइरालाको प्रयास
जारी काठमाडौं, June 22, 2008- प्रधानमन्त्रीको पदमा टिकिरहने गिरिजाप्रसाद कोइरालाको प्रयास अझै जारी छ । माओवादी मन्त्रीहरुको राजिनामापछि अप्ठेरोमा परेका कोइरालाले राजिनामा दिएका मन्त्रीहरुसँग राजिनामा फिर्ता लिन आग्रह गरेका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा उपस्थित माओवादी नेताहरुसँग प्रधानमन्त्रीले राजिनामा फिर्ता लिन आग्रह गरेका हुन्। जानकारी अनुसार शनिवार प्रधानमन्त्री कोइरालाले साधारण बहुमतले सरकार बनाउने र फेर्न सकिनेगरी संविधान संसोधन हुनासाथ आफूले राजिनामा दिने बताएका थिए । 'त्यतिन्जेलसम्मकालागि तपाइहरुले राजिनामा फिर्ता लिइदिनुस्' आफ्नो छोटो मन्तव्यमा प्रधानमन्त्रीले भने- 'राजिनामा फिर्ता लिएर मलाई सजिलो पारिदिनुस् ।' माओवादी मन्त्रीहरुले भने कोइरालाको यो आग्रहलाई अरु केही दिन सत्तामा टिकिरहने योजनाको रुपमा लिएको बुझिएको छ । बरु पूर्व राजा ज्ञानेन्द्रलाई राजगद्दीबाट र नारायणहिटीबाट निकाल्न सजिलो भयो होला तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीबाट र सिंहदरवारबाट निकाल्न माओवादीलाई पूर्व राजालाई निकाले भन्दा गार्हो हुँदै गएको छ । प्रधानमन्त्रीबाट हट्नासाथ नेपालको पहिलो राष्ट्रपति हुने दाउमा रहेका कोइरालाको योजना माओवादी-एमाले सहमतिपछि असफल भैसकेको छ । तैपनि उनी अझै प्रधानमन्त्री पदमै टिकिरहन चाहन्छन् भन्ने कुरा माओवादी मन्त्रीहरुसँग राजिनामा फिर्ताको अनुरोध गरेको घटनाले देखाएको छ । माओवादी मन्त्रीहरुले राजिनामा स्वीकृत गर्नासाथ कोइराला नेतृत्वको सरकार संविधानतः अबैध हुनपुग्छ र उनले राजिनामाको घोषणा गनुपर्छ । त्यसैले माओवादी मन्त्रीहरुको राजिनामा फिर्ता गराएर उनी अझै केही दिन सत्तामा रहन चाहन्छन् भन्ने कुरा शनिवार माओवादी मन्त्रीहरुसँग उनले गरेको आग्रहले देखाएको छ । यो कुरा बुझेका माओवादी नेताहरुले दिइसकेको राजिनामा अब फिर्ता नलिइने बरु कोइरालाले चाँडो भन्दा चाँडो राजिनामा दिनुपर्ने माग शनिवारको बैठकमापनि गरे । माओवादी नेताहरुबाट यस्तो जवाफ पाएपछि कोइरालाले संविधान संसोधन भएपछि राजिनामा दिने जवाफ दिएका थिए । 'संविधान संसोधन भएपछिपनि कोइरालाले सहजै सत्ता छाड्ने विश्वास हामीलाई छैन' एक माओवादी नेताले भने- 'उनले फेरि अर्को कुनै नयाँ बखेडा अघि सार्नेछन् ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®