|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रधानमन्त्री कोइरालाको राजिनामा मागे डा. बाबुराम भटराईले काठमाडौं, May 12, 2008-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सजिलै सत्ता नछोड्ने संकेत पाएपछि माओवादी नेताहरुले खुलेरै प्रम कोइरालाको राजिनामाको माग गर्न थालेका छन् । माओवादी नेता डा. बाबुराम भटराईले शनिवार आयोजित एक सार्वजनिक कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कोइरालाको राजिनामा मागे । सत्ता छाड्न कांग्रेसमाथि माओवादीले औपचारिक रुपमै दबाब दिन सुरु गरेको यो घटनाले देखाएको छ । माओवादीको तमुवान राज्यसमितिद्धारा तमुवान क्षेत्रका संविधान सभा सदस्यहरुको सम्मान कार्यक्रममा बोल्दै माओवादी नेता डा. भटराईले कोइरालाको राजिनामा मागेका हुन् । उनले चेतावनीको भाषामा भने- 'निर्वाचनमा पराजित भएकाहरु अझैपनि कुर्सीमा टाँसिइरहेका छन्, सत्तामा रहन विभिन्न कुतर्क सुरु भएको छ । यो प्रयास फेरिपनि दोहोरियो भने जनताले आफै उनीहरुलाई कुर्सीबाट झार्नेछन् कांग्रेसका केही नेताहरु कोइरालालाई पहिलो राष्ट्रपति बनाउने प्रयासमा लागिरहेका बेला माओवादी नेता भटराईको यो सार्वजनिक अभिव्यक्ति आएको हो । शुक्रबार बालुवाटारमा आयोजित सात दलका शीर्ष नेताहरुको बैठकमापनि माओवादी अध्यक्ष प्रचण्डले कोइरालालाई राजिनामा दिन आग्रह गरेका थिए । प्रचण्डले आग्रह गरेको भोलिपल्टै भटराईले सार्वजनिक रुपमा राजिनामा मागिदिएका छन् । कांग्रेस चुनावमा पराजित भएको तर्क गर्दै भटराईले कोइरालालाई राष्ट्रपति बनाउन नसकिने बताएका हुन् । 'गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन जनादेश छैन जनताले राष्ट्राध्यक्ष र सरकारको नेतृत्व गर्ने अभिमत माओवादीलाई दिएका छन्' उनले भने- 'सरकार र राष्ट्र दुबैको नेतृत्व कोइरालाले होइन माओवादीका अध्यक्ष प्रचण्डले गर्नुहुनेछ । राष्ट्रपतिको आशा अरु कसैले नगरे हुन्छ ।' प्रम कोइरालाले पदबाट राजिनामा दिएर माओवादी नेतृत्वको सरकार गठनकालागि मार्ग प्रसस्त नगरे राजा ज्ञानेन्द्रसँगै कांग्रेसकोपनि अवसान हुने चेतावनी माओवादी नेता भटराईले दिएका छन् । 'कोइरालाले पदबाट राजिनामा नदिए र ज्ञानेन्द्रले नारायणहिटी नछाडे लाखौं जनता सडकमा निस्कनेछन्' डा. भटराईले भने- 'लाखौं जनताको त्यो बाढीले दुबैलाई बढारेर लैजान सक्छ ।' -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®