|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
सत्ता नछाड्ने प्रम कोइरालालाई नोबेल
पुरस्कारको दाबेदार भनेर फकाउदै कार्यक्रममा उपस्थित डा. भटराई र छेउमा जनमुक्ति सेनासम्बद्ध उनका सुरक्षा गार्ड । साथमा पत्रकार महासंघका उपसभापति गोबिन्द आचार्य र महासचिव पोषण केसी Dr. Baburam Bhattarai, Govinda Acharya, Poshan KC and PLA Security Guard. Photo: Sitaram काठमाडौं, May 19, 2008-'स्वतन्त्रता आन्दोलनपछि भारतमा महात्मा गान्धीले र अहिले सोनिया गान्धीले निर्वाह गरेको भूमिका कोइरालाले निर्वाह गर्नुपर्छ । नोबेल पुरस्कारको दाबेदारले सत्तामोह देखाउनु हुँदैन ।' बरिष्ठ माओवादी नेता डा. बाबुराम भटराईले कहीं कतैबाट संविधान सभाको पहिलो बैठकबाट गणतन्त्रको कार्यान्वयन सार्ने कुरा आए आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्धारा 'बदिलंदो परिस्थितिमा प्रेसको भूमिका' विषयक कार्यक्रममा बोल्दै भटराईले उपरोक्त कुरा बताएका हुन्। राजनीतिक दलबीच गतिरोध बढ्दै जाँदा संविधान सभाको पहिलो बैठक जेठ १५ मा नहुने र गणतन्त्रको कार्यान्वयन नहुने आशंका बढिरहेका बेला भटराईले सो कुरा बताएका हुन् । उनले भने- 'राजतन्त्रको विधिवत अन्त्य गरी गणतन्त्र कार्यान्वयन गर्नॆ सवालमा हामी कुनै सम्झौता गर्दैनौं पहिलो बैठकको दिन सार्ने कुरा हामीलाई कुनैपनि हालतमा मान्य छैन ।' उनीमाथि सांस्कृतिक राजा राख्न खोजेको आरोपपनि लाग्ने गरेको छ । उनले आरोपको कडा प्रतिवाद गरेका छन् । 'म सँधै गणतन्त्रको पक्षमा लड्दै आएको मान्छे हुँ, अहिले मैले बोल्दै नबोलेको कुरा गरेर मेरो राजनीति समाप्त गर्न खोजिएको छ' उनले भने- 'र हाम्रो पार्टीलाई भ्रमित बनाउनपनि खोजिएको छ ।' संविधान निर्माणमा आफ्नो भूमिका अझै बाँकी रहेको भन्ने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाई सरकारको नेतृत्वमै रहनकालागि नआएको हुनसक्नेपनि भटराईले बताए । उनले भने- 'प्रधानमन्त्रीले सरकारबाट हटेरपनि संविधान निर्माणमा अविभावकको भूमिका खेल्ने चाहना व्यक्त गर्नुभएको होला ।' उनले प्रम कोइरालाले चुनावमा विजय प्राप्त गरेको माओवादीलाई सहज ढङ्गले सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने- 'यदि उहाँमा अझैपनि सत्तामा बसिरहने चाहना छ र त्यस्तो कोशिष गर्नुहुन्छ भने त्यो हामीलाई मान्य हुने छैन ।' उनको थप भनाई थियो- 'स्वतन्त्रता आन्दोलनपछि भारतमा महात्मा गान्धीले र अहिले सोनिया गान्धीले निर्वाह गरेको भूमिका कोइरालाले निर्वाह गर्नुपर्छ । नोबेल पुरस्कारको दाबेदारले सत्तामोह देखाउनु हुँदैन ।' कोइराला अहिलेपनि माओवादीकालागि सम्मानित राजनेता भएको बताएका माओवादी नेता भटराईले कोइरालाले सत्तामोह देखाएमा हालसम्म प्राप्त उचाई घट्ने बताए । कोइरालाको उचाई घटाउने कार्यमा नलाग्न उनले नेपाली कांग्रेससँग आग्रहपनि गरे । माओवादी नेतृत्वमा सरकार बनेपछि सबैभन्दा बढि प्रेस स्वतन्त्रता प्राप्त हुनेमा उनले पत्रकारहरुलाई आश्वस्त तुल्याए । पत्रकार महासंघले अघि सारेको 'नयाँ संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको उल्लेख गरेर प्रेस स्वतन्त्रताको प्रावधानलाई अपरिवर्तनीय बनाउनुपर्ने' मागमा माओवादी सहमत रहेको बताए । सन्चार माध्यममाथि श्रमजीवी पत्रकारहरुको स्वामित्वले मात्र श्रमजीवी प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्ने उनको भनाई थियो । आफ्नो पार्टीको आलोचना निर्धक्ककासाथ प्रेसले गर्न पाउने उल्लेख गरे । तर प्रेसले जिम्मेवार भएर आलोचना गर्नुपर्ने उनको आग्रह थियो । डा. भटराईले भने- 'प्रेस आलोचक बन्नु पर्छ यो नै प्रेसको बिशेषता हो । तर उसले ध्वंसात्मक आलोचना गर्नु हुँदैन, जिम्मेवारीपूर्ण ढङ्गले आलोचना गर्नुपर्छ ।' माओवादी कार्यकर्ताबाट बेपत्ता पत्रकार प्रकाश ठकुरीको खोजी र दोषीमाथि कार्वाही गर्न आफ्नो पार्टीले सघाउने बचनपनि उनले दिए । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®