|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See your Local city time and Kathmandu, Nepal time |
|
| English Edition | ||
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
मधेशीहरुका माग पुरा गर्ने बचन राजिनामा घोषणा
गरेका प्रधानमन्त्रीद्वारा काठमाडौं, June 28, 2008- राजिनामा दिएको राजनीतिक घोषणा गरी सकेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेशवादी दलहरुका माग पुरा गर्ने बचन दिएका छन् । मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीका नेताहरुसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले सम्झौता पालना गर्न आफू तयार रहेको बताएका हुन् । असार १३ गते प्रधानमन्त्री निवासमा भएको भेटघाट पछि भोलिदेखि नै व्यवस्थापिका संसदको वैठक सूचारु हुनेमा आफू विश्वस्त रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा संविधानसभा सदस्य महेन्द्र यादव युएस नेपाल अनलाईनलाई बताए । संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासँग २०६४ फागुन १६ गते नेपाल सरकारले गरेको ८ बुँदे सम्झौतामा उल्लेख गरेका कुरा छुटेको भन्दै मधेशी सभासदहरुले असार १२ गतेको वैठक अवरुद्ध पारेका थिए । सरकार गठबन्धनका सात दलले गरेको सहमतीको आधारमा तयार पारिएको अन्तरिम संविधानमा संशोधन पाँचौ विद्येयकमा आफूहरुसँग भएका सम्झौताका बुँदा नम्बर २ र ५ राख्नै पर्ने उनीहरुको माग रहेको छ । सो सम्झौताको २ नम्बर बुँदामा 'मधेशी जनताको स्वायक्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायक्त प्रदेश सहितको संघीय संरचनाका आकाँक्षालाई स्विकार गरी नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका वीच स्पष्ट रुपमा शक्ति बाँडफाँड सूचिको आधारमा गरिनेछ । प्रदेशहरु पूर्ण रुपले स्वायक्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता एकता र अखण्डतालाई अक्षुण्य राख्दै स्वायक्त प्रदेशहरुको संरचना, केन्द्र र प्रदेशका सूचिहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।' भनिएको छ । यस्तै सम्झौताको ५ नम्बर बुँदामा भनिएको छ -'नेपाली सेनालाई राष्ट्रिय सेनाको स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समुदायको प्रतिनिधत्व गराई समावेसी बनाउन समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ ।' यही विषयमा छलफल गर्न मधेशवादी दल र अन्य दलहरुको वैठक असार १४ गते विहान बस्ने भएको छ। -Santa Bagam in Kathmandu |
|
| <> | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||