Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रधानमन्त्री कोइरालाले अझै पनि 'राजा' बोलाँउदै, प्रचन्ड चाँही आदिबासीसँग नाच्दै
"हाम्रै देश सुहाउँदो संघीय व्यवस्थाको स्थापना गर्नुपर्छ"
- प्रधानमन्त्री कोइराला


उद्घाटन सम्बोधन गर्दै प्रम कोइराला Photos: Sitaram

काठमाडौं,  June 15, 2008- यसअघि राजाको स्तुतिगानस्वरुप 'श्रीमान् गम्भीर नेपाली…' बोलको राष्ट्रिय गान गाइने नारायणटिी दरवारमा आइतबार 'सयौं फूलका थुङ्गा हामी एउटै माला नेपाली…।' बोलको राष्ट्रिय गीतको धुन बज्यो।

नयाँ राष्ट्रिय गानको यो धुनसँगै राष्ट्राध्यक्षकोसमेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यसअघि राजाको झण्डा फहराउने नारायणहिटीमा बिधिबत रुपमा नेपालको राष्ट्रिय झण्डा फहराए ।

गणतन्त्रको घोषणा भएको भोलिपल्ट जेठ १६ गतेदेखि नै त्यहाँ राष्ट्रिय झण्डा गाडिएपनि त्यसलाई सरकारले औपचारिक मान्यता दिएको थिएन । नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई साक्षी राखी राष्ट्राध्यक्षकै हातबाट पूर्व राजाहरुको बासस्थान र कार्यालय रहेको नारायणहिटीमा राष्ट्रिय झण्डा फहराएर नेपालले विश्व समुदायमाझ नेपाल अब गणतान्त्रिक मुलुक हो भन्ने सन्देश प्रवाहित गरेको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय झण्डा फहराएर नारायणहिटी संग्रहालय उद्घाटन गरेका थिए । 'मजस्तो मामुली मानिसको हातबाट राजाको दरवारमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ' प्रधानमन्त्री कोइरालाले भने-
'यो झण्डा जनताको नासो हो, यो राष्ट्रिय झण्डा कहिल्यै नझुकोस्, हामी नेपालीले कहिल्यैपनि कसैसँग आत्मसमर्पण गर्नुनपरोस् ।'


नारायणहिटी संग्रहालय उद्घाटनपछि

'नारायणहिटीमा फहराएको राष्ट्रिय झण्डा नेपाली जनताको एकताको प्रतिकपनि हो' भन्दै प्रधानमन्त्रीले शान्तिपूर्णरुपले गणतन्त्र स्थापना गरेर नेपालले विश्वको ध्यान आफूतर्फ आकर्षित गरेको बताए । नेपाली जनता विश्वकालागि उदाहरणीय इतिहास निर्माण गर्ने क्रममा रहेको बताउँदै कोइरालाले नयाँ संविधान निर्माणक्रममा पनि नेपाली जनताले मौलिक उदाहरण विश्वसामु राख्नुपर्ने बताए ।

'हामी नयाँ संविधान निर्माणको क्रममा छौं र संघात्मक राज्य व्यवस्थामा जाँदैछौं' प्रधानमन्त्रीको भनाई थियो- 'विश्वका धेरै देशमा संघीय शासन छ तर हामीले उनीहरुको नक्कल गर्नुहुँदैन, हाम्रै देश सुहाउँदो संघीय व्यवस्थाको स्थापना गर्नुपर्छ नयाँ खालको संघीय व्यवस्था स्थापना गरेर हामीले विश्वका सामु नयाँ खालको उदाहरण पेश गर्नुपर्छ ।'

प्रधानमन्त्री कोइरालाले गणतन्त्र कार्यान्वयनमा पूर्व राजालेपनि सहयोग गरेको बताए । यसकालागि उनले ज्ञानेन्द्रलाई धन्यवादपनि दिए । सम्बोधनका क्रममा प्रधानमन्त्री कोइरालाको 'टङ्ग स्लिप' भएको देखियो । 'भूतपूर्व राजा' मा परिणत भैसकेका ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्रीले पटक-पटक 'राजा' भन्ने शब्द प्रयोग गरेका थिए । यसैगरी नागार्जुनमा रहेका ज्ञानेन्द्र शाह 'अहिले निर्वासनमा रहन बाध्य भएको' बताए । 'निर्वासनको अर्थ हुन्छ आफ्नो देश छोडेर अर्को देशमा जानु तर ज्ञानेन्द्र निर्वासनमा होइन नेपालमै छन्' भन्दै कार्यक्रम सकिएपछि पत्रकारहरुले प्रधानमन्त्रीले किन राजा निर्वासनमा छन् भन्नुभएको हो ? भनेर जिज्ञाशा राखेका थिए । जवाफमा प्रधानमन्त्रीले भने- 'मेरो टङ्ग स्लिप भएछ मैले त्यसो भन्न खोजेको होइन ।'

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डबाहेक सबैजसो शीर्ष दलका नेताहरु सामेल थिए । प्रचण्ड भने शहीद मन्‍चमा मगराँत राष्ट्रिय मुक्ति मोर्चाद्धारा आयोजित अठार मगराँत क्षेत्रका मगरहरुको भूमे पर्वको उद्घाटन र मगरहरुसँगै नाच्न ब्यस्त थिए । माओवादीको तर्फबाट सो कार्यक्रममा बरिष्ठ नेता डा. बाबुराम भट्टराई सन्‍चारमन्त्री कृष्णबहादुर महरालगायतका नेता र मन्त्रीहरु उपस्थित थिए ।

कार्यक्रममा गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहकोपनि उपस्थिति थियो । गणतन्त्रकालागि आन्दोलनको सुरुवातस्वरुप सिंहले २०४२ मा नारायणहिटीको गेटमा बम विस्फोटन गराएका थिए । यसैगरी संयुक्त राष्ट्रसंघीय शान्ति नियोग प्रमुख इयान मार्टिन, भारतीय राजदूत राकेश सुद, चिनिया राजदूत चेङ्ग सियालिनलगायत सबैजसो देशका कुटनीतिक नियोगका प्रमुखहरुपनि सो कार्यक्रममा उपस्थित थिए।

नारायणहिटी संग्रहालय उद्घाटन कार्यक्रम भनिएपनि नारायणहिटीलाई संग्रहालयको रुपमा सरकारले विकसित गरिसकेको छैन । गृहमन्त्री कृष्णप्रसाद सिटौलाकाअनुसार करिव तीन महिनापछिमात्र संग्रहालयले मूर्तरुप पाउनेछ र नारायणहिटी संग्रहालय अबलोकन गर्ने अवसर सर्वसाधारण नेपालीले प्राप्त गर्नेछन् । त्यहाँ पूर्व राजाहरुले लगाउने श्रीपेच, बोक्ने राजदण्डमात्र होइन जर्मनका तानाशाह हिटलरले स्व. राजा त्रिभुवनलाई दिएको एउटा गाडीपनि राखिनेछ ।

जानकारी अनुसार ज्ञानेन्द्रले नारायणहिटी छाड्नुभन्दा अघिल्लो दिन पूर्व युवराज पारशले सो गाडी सुटुक्क निर्मल निवासमा लैजान खोजेका थिए । तर उनी सफल भएनन् । दलबलसहित रातको समयमा नारायणहिटी छिरेको पारशसहितको टोलीले सो गाडी उचालेर अर्को गाडीमा हाली निर्मल निवास पुर्याउन खोजेको थियो । तर रातभर प्रयास गर्दापनि पुरानो गाडी उचालेर अर्को गाडीमा हाल्न सम्भव नभएपछि पारशको टोली रित्तोहात फर्केको थियो ।


कार्यक्रमको अबसरमा सलामीकालागि राखिएका सैनिकहरु Photos: Sitaram

हाल नारायणहिटीमा रहेका पूर्व राजाहरुले प्रयोग गर्ने सामाग्रीहरुको लगत राख्ने काम सामान्य प्रशासन मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद कुसुम नेतृत्वको कार्यदलले गरिरहेको छ । कार्यदलले मंगलबार सरकारलाई प्रतिबेदन बुझाउनेछ । प्रतिबेदनको आधारमा संग्रहालयमा कुन कुन सामाग्री राख्ने भन्ने कुरा तय हुनेछ ।

यसै बिच, माओवादी अध्यक्ष प्रचण्डले असार ४ गतेभित्र माओवादी नेतृत्वमा नयाँ सरकार बन्न नदिए नेपाली कांग्रेस र नेकपा एमाले ले निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् भने राष्ट्रपतिको जिम्मेवारी आ-आफ्‍नो पार्टीलाई दिन कांग्रेस र एमालेका नेताहरु माओवादी अध्यक्ष प्रचण्ड कहाँ धाएको धायै छन् । उता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कसैसँग घुँडा टेकेर दिइएको राष्ट्रपतिको जिम्मेवारी नसम्हाल्ने बताएका छन् ।

शहीद मन्‍चमा आयोजित मगरहरुको भूमे पर्वको उ्दघाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्- 'नेपाली जनताको आदेश अनुसार तीन दिनभित्र माओवादी नेतृत्वमा नयाँ सरकार बन्न नदिइए नेपाली कांग्रेस र एमालेले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ ।' प्रचण्डले आफ्‍नो पार्टी आगामी एक बर्षभित्रै नयाँ संविधान निर्माण गरी अर्को चुनावमा जान चाहेकोपनि बताएका थिए । संविधान सभा चुनावमा पराजित भएका नेपाली कांग्रेस र नेकपा एमाले संविधान निर्माण प्रकृयालाई अल्झाउन खोजिरहेको आरोप पनि प्रचण्डले लगाएका छन् ।

दिउसोको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले प्रति निकै कडा रुपमा प्रस्तुत भएका प्रचण्डसँग विहान एमाले महासचिव झलनाथ खनाल र नेता अमृत बोहोरा तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले भेट गरेका थिए । माओवादी नेतृत्वसँग एमाले र कांग्रेसले गरेको छुट्टाछुट्टै भेटको प्रयोजन थियो आ-आफ्‍नो पार्टीका नेतालाई राष्ट्रपतिको जिम्मेवारी दिन प्रचण्डसँग मागेका थिए । एमाले नेताहरुले राष्ट्रपतिको रुपमा एमालेका निवर्तमान महासचिव माधव नेपाललाई र गृहमन्त्री सिटौलाले प्रम गिरिजाप्रसाद कोइरालालाई समर्थन गरिदिन आग्रह गरेका थिए ।

तर माओवादीले भने गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंह नै राष्ट्रपतिकालागि उपयुक्त भएको बताउँदै सिंहलाई समर्थन गर्न कांग्रेस र एमालेका नेताहरुसँग आग्रह गरेका थिए । नारायणहिटी संग्रहालय उद्घाटनको क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घुँडा टेकेर प्राप्त हुने राष्ट्रपतिको पद आफूले नखाने बताएका छन् । 'तपाईंलाई राष्ट्रपति बनाउने कुरा नमिल्दा राजनीतिक गतिरोध बढेको भन्ने भनाई छ नि ?' भन्ने एउटा अनौपचारिक प्रश्नमा कोइरालाले भने- 'घुँडा टेकेर प्राप्त भएको र कसैले दिएको राष्ट्रपति पद खाने सोचाइमा म छैन ।'

-Sitaram Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®