Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राजिनामा दिएका प्रम सार्कमा भाग लिनु अबैध हुने जानकारी श्रीलङ्कालाई

काठमाडौं,  July 29, 2008- पन्ध्रौं सार्क शिखर सम्मेलनमा काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधित्व गर्न लागेकोमा नेकपा माओवादी ले विरोध गर्दै काम चलाउ सरकारका प्रधानमन्त्री सार्क सम्मेलनमा भाग लिनु अबैध हुने जानकारी सार्क सम्मेलनको आयोजक राष्ट्र श्रीलङ्कालाईपनि दिएको छ।

नेपालका लागि श्रीलङ्काका राजदूत सुनिथ नाकन्दासँगको भेटमा माओवादी अध्यक्ष प्रचण्डले यो जानकारी दिएका छन् ।

माओवादीद्धारा सोमबार आयोजित २५ दलीय बैठकपछि पनि माओवादी अध्यक्ष प्रचण्डले सम्बाददाताहरुलाई काम चलाउ प्रधानमन्त्री कोइरालाले नेपालको प्रतिनिधित्व गर्न नसक्ने बताएका थिए । २५ दलको बैठकमापनि यसबारेमा कुराकानी भएको थियो । 'यो सरकारलाई जनादेश छैन' प्रचण्डको भनाई थियो- 'त्यसैले यो सरकारका कुनैपनि व्यक्ति सार्क सम्मेलनमा जानु अबैध हुन्छ ।'

२५ दलको बैठकमा कांग्रेसबाहेक बाँकी २३ वटै दलले माओवादी नेतृत्वमा चाँडोभन्दा चाँडो सरकार बन्नुपर्ने र सार्क सम्मेलनमा माओवादी नेतृत्वको सरकारका प्रधानमन्त्री जानुपर्ने कुरामा जोड दिएका थिए । यसकालागि माओवादीले सबैलाई स्वीकार्य हुने प्रस्ताव ल्याउनुपर्नेमा जोडपनि दिएका थिए । बैठक सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको थियो ।

उता राष्ट्रपति चुनावकै दिन बसेको मन्त्री परिषद्को बैठकलाई अन्तिम मानिएपनि सोमबार प्रम कोइरालाले मन्त्री परिषद्को बैठक बोलाएर सार्कमा जाने नेपाली टोलीको नेतृत्व आफूले गर्ने निर्णय गरेका थिए । यसैगरी परराष्ट्रमन्त्री स्तरीय बैठकका भाग लिन परराष्ट्र मन्त्री शाहना प्रधानको साटो अर्थमन्त्री डा. रामशरण महत जाने निर्णय गरिएको थियो । माओवादीले भने सहमतिमै सार्क सम्मेलनअघि नयाँ सरकार बन्ने र नयाँ प्रधानमन्त्रीले नेपालको प्रतिनिधित्व गर्ने कुरामा जोड दिएको छ ।

-Sitaram Baral in Kathmandu










   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®