|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
भित्रभित्रै भुसको आगो झै राजनीतिक अस्थिरता
सल्कदो छ राजा चाहनेहरुले कोइरालालाई नै प्रधानमन्त्री बन्न लोभ्याउदै छन् २०५८ जेठ २२ गते ज्ञानेन्द्रलाई राजा घोषणा गरी बसन्तपुर दरवारमा श्रीपेच पहिर्याइएपछि प्रम कोइराला Photo contributed: Sirab काठमाडौं, April 26, 2008-कांग्रेसका केही नेताहरुले आगामी सरकारको नेतृत्व गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सार्वजनिक रुपमै आग्रह गर्न थालेका छन् । संविधान सभामा कुनै दलको बहुमत नआएको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । कोइरालाकै अगाडि संयुक्त रुपमा गरिएका यस्ता आग्रहबारे भने प्रधानमन्त्रीले कुनै जवाफ दिएका छैनन् । बरु सहमतिको नाममा फेरि आफै प्रम हुने उनको योजना देखिन्छ । कोइरालालाई प्रमको रुपमा अगाडि सारेर राजतन्त्र जोगाउने षडयन्त्र सुरु हुन थालेको आशंकापनि राजनीतिक क्षेत्रमा ब्याप्त छ । कांग्रेस उपसभापति एबं काठमाडौं- १ का संविधान सभासद् प्रकाशमान िसंहले आफ्नो निवास क्षेत्रपार्टीमा शुक्रबार आयोजना गरेको चियापान समारोहमा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले आगामी सरकारको नेतृत्व कोइरालाले नै गर्नुपर्ने बताए । शान्ति प्रकृयामा खेलेको नेतृत्वदायी भूमिका र संविधान सभा सम्पन्न गर्न कोइरालाले भूमिका खेलेको भन्दै देउवाले यस्तो आग्रह गरेका थिए । उनले भने- 'संविधान सभामा कसैको बहुमत नआएकाले कोइरालाको विकल्प अवपनि छैन ।' कोइरालाको आडैमा रहेका देउवाले यस्तो आग्रह गरेका थिए । संविधान सभामा निकै ठूलो मतान्तरकासाथ माओवादी पहिलो स्थानमा छ । यो स्थिति देख्दादेख्दै देउवाको सार्वजनिक आग्रह कोइरालाले अस्वीकार गर्न चाहेनन् । उनले यत्तिमात्र भने- 'सरकार गठनकालागि सात दलबीच सहमति बन्छ । सहमतिकै आधारमा सरकार बनाइनेछ । अब बन्ने सरकार संविधान अनुसार बन्ने र चल्नेछ ।' संविधान सभाले नयाँ संविधान नबनाउन्जेल अन्तरिम संविधान अनुसार नै चल्नुपर्ने स्थिति छ । तर अन्तरिम संविधानमा संविधान सभाको निर्वाचनपछि कस्तो सरकार गठन हुने भन्ने उल्लेख छैन । अन्तरिम संविधानमा व्यवस्था भए अनुसार नयाँ प्रधानमन्त्रीको चयन तीन कारणले हुनसक्नेछ । प्रमले राजिनामा दिएमा, मृत्यु भएमा वा दुई तिहाई बहुमतले उनलाई हटाएमामात्र नयाँ प्रधानमन्त्रीको छनौट प्रकृया सुरु हुन्छ । संविधान सभामा माओवादीले बहुमत ल्याएको स्थितिमा संविधान सभाको पहिलो बैठक अगावै प्रमले नैतिक रुपले पद छाड्नुपर्ने देखिएपनि प्राविधिक तर्क अघि सार्दै कोइरालालाई कुर्चीमै बसिरहन माओवादी विरोधी कांग्रेसका नेताहरुले आग्रह गर्न थालेका छन् । यस्तो आग्रहले बृद्ध कोइरालालाई फेरि लोभ्याएको देखिन्छ । खासगरी राजतन्त्रको पक्षमा रहेका कांग्रेसका केही नेताहरुले प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्न्र थालेका छन् । माओवादी नेतृत्वमा सरकार बनेमा उसले संविधान सभाको पहिलो बैठकमा राजतन्त्रको विदाई र गणतन्त्रको घोषणा राख्ने निश्चितप्राय छ । यो स्थितिमा कोइरालालाई नै प्रम पदमा टिकाउन सकेमा राजतन्त्रपनि टिकाउन सकिन्छ भन्ने उनीहरुको योजना छ । उता प्रधानमन्त्री कोइरालापनि भित्री रुपमा 'सेरमोनियल मोनार्की' कै पक्षमा रहेका छन् । दरवार हत्याकाण्डपछि अधिराजकुमार ज्ञानेन्द्रलाई राजगद्दीमा स्थापित गराउन सबैभन्दा महत्वपूर्ण भूमिका कोइरालाकै थियो । उनको यही भूमिकाका कारण ज्ञानेन्द्रको साथमा बसन्तपुर दरवारबाट नारायणहिटीसम्म जाँदै गर्दा २०५८ जेठ २२ गते एक समूहले कोइरालामाथि ढुङ्गा-मुढा गरेको थियो । जनआन्दोलन सफल भएपछिमात्र होइन कांग्रेसले गणतन्त्रको लाइन लिएपछिपनि कोइरालाले बेला-बेला राजतन्त्रको पक्षमा अभिव्यक्ति िदंदै आएका छन् । छोरी सुजातालाई प्रधानमन्त्री कार्यालय हेर्ने गरी विना विभागीय मन्त्री बनाउनुको भित्री कारणपनि यही थियो । उनले मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै राजतन्त्र राख्नुपर्ने बताएकी थिइन् । -Vivek Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®