Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको उद्योगी व्यवसायीहरुको ठहर

काठमाडौँ, September 17, 2008- प्रधानमन्त्री 'प्रचण्ड' को भारत भ्रमण दुई देशबीच विश्वासको वातावरण निर्माणमा अत्यन्त सफल रहेको भ्रमण टोलीमा सहभागी उद्योगी व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले नेपाल र भारतबीच अधिकतम जलविद्युत् उत्पादन गर्न ठोस आधार तयार गर्ने सहमति बनेको जानकारीपनि दिएका छन् । नेपालको सम्पत्ति मानिएको जलविद्युत् उत्पादनमा उल्लेख्य भारतीय लगानी भित्रने उनीहरुको कथन छ ।

प्रधानमन्त्री प्रचण्ड औपचारिक भारत भ्रमण सकी बैङ्लोरतर्फ लागेपछि नेपाल फर्केका उद्योगी व्यवसायीहरुले सो कुरा बताएका हुन् । भारतीय लगानीकर्ता इच्छुक भएको र प्रधानमन्त्री प्रचण्डले आवश्यक परे कानुनमा परिवर्तन गरेर भएपनि लगानीको ढोका खोल्ने आश्वासन दिएकोमा उनीहरु हर्षितपनि छन् ।


CA Member and businessman Diwakar Golchaa. Photos: Sitaram

भ्रमण दलमा रहेका उद्योगी एवं सभासद दिवाकर गोल्छाले कोशी उच्चबाँध निर्माण, महाकाली र पन्‍चेश्वर एकीकृत योजनाबारे गम्भीर छलफल भएको बताए । उनले भने- 'कोशी समस्याको दीर्घकालिन समाधानका लागि उच्चबांध बनाएर दुवै देशको लाभका लागि काम गर्नेबारे गम्भीर छलफल भएको छ ।' प्रधानमन्त्रीले जलविद्युत्मा भारतीय लगानीका लागि अवरोध भए हटाउन पहल गर्ने बताएको उनको भनाई थियो ।

जलस्रोतको विकासमा प्रधानमन्त्रीले आफै अग्रसर भएर काम गर्ने बताएबाट १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन सम्भव हुनसक्ने बताउँदै दुवै देशको दीर्घकालिन लाभका लागि ठोस छलफल भएको बताए । उनले भने- 'जलस्रोतबारे निकै गम्भीर छलफल भएको छ, ठूलो जलविद्युतबारे प्रधानमन्त्री र जलस्रोतमन्त्रीले कुरा उठाउनुभएको छ ।' आपसी अविश्वास हटाउन दुवै पक्ष सफल भएको बताउँदै उनले भारतबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए ।
  उनका अनुसार प्रधानमन्त्री प्रचण्डले भन्ने गरेको आर्थिक क्रान्ति गर्ने लक्ष्य पूरा गर्न भारत भ्रमणले आधार तयार गरेको छ । स्मरणीय छ, उद्योगी गोल्छा नेपाली कांग्रेसको तर्फबाट संविधान सभामा सदस्य छन् । कांग्रेसबाट सभासद् बनेका गोल्छालेमात्र होइन अन्य उद्योगीहरुलेपनि माओवादी प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त सफल भएको बताएका छन् ।

नेपाल- भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण चौधरीले प्रधानमन्त्री 'प्रचण्ड' को भ्रमणबाट भारतीय लगानीकर्तामा रहेको आशंका मेट्ने सफलता प्राप्त भएको बताएका छन् । रिपोटस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा चौधरीले भने- 'नेपालमा श्रमिकहरुको हड्ताल, असुरक्षाको हल्ला चलेकाले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न डराइरहेको अवस्थामा प्रधानमन्त्रीबाट सुरक्षा दिने प्रत्यायाभूति प्रकट भएको छ ।'


Arun Chaudhari, Chairman, Nepal-Bharat Chamber of Commerce

उनको थप भनाई थियो- 'प्रधानमन्त्रीले उद्योगको राष्ट्रियकरण नगरिने, निजीक्षेत्र र प्रतिष्पर्धात्मक अर्थनीतिलाई प्राथमिकतामा राख्ने बताएबाट भारतीय उद्योगीव्यवसायी उत्साही भएका छन् ।' जलविद्युत्मा लगानीकालागि भारतीय लगानीकर्ताले चासो देखाएको बताउँदै चौधरीले प्रधानमन्त्रीको भ्रमणमा भारतीय उद्योगी-व्यवसायीले देखाएको चासोले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य रुपमा भारतीय लगानीको सम्भावना देखिएको बताए ।


Gyanendralal Pradhan

जलस्रोतविद् एवं नेपाल जलविद्युत् लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको जलविद्युत् उत्पादनमा लगानी गर्न चाहने भारतीय लगानीकर्ता उत्साही भएको जानकारी दिए । उनले भने- 'जलविद्युत्मा लगानी बढाउन प्रधानमन्त्रीको भ्रमण उपयोगी सावित भएको छ ।' ठूलो जलविद्युतमा लगानीका लागि भारतीय उद्योगीले सुरक्षाको उपयुक्त कानुनी र अन्य वातावरण मिलाइदिन आग्रह गरेकोमा प्रधानमन्त्री सकारात्मक देखिएको उनको भनाई थियो ।

लगानीकर्ताहरुको उत्साहलाई हेर्ने हो भने १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्न गाह्रो नहुने बताउँदै प्रधानले जलविद्युत्सम्बन्धमा भएका थुप्रै छलफलका क्रममा दुई दर्जन भारतीय कम्पनीका प्रतिनिधि उपस्थित भएर नेपालमा सुरक्षा मिलाइदिए लगानी गर्ने बताएको उनको भनाई थियो । प्रधानले भने- 'उनीहरुले लगानीका लागि कानुनमा परिमार्जन गर्न आग्रह गरेको छन् यसमा प्रधानमन्त्रीलेपनि सहमति जनाउनुभएको छ ।'


Businessman Ashokkumar Baidh. Photos: Sitaram

प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी वीरगन्‍ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष अशोककुमार वैद्यले नेपाल र भारतबीच उत्पादनको सहज प्रवेशबारे गम्भीर छलफल भएको बताउँदै भारतीय लगानीकर्ताहरुले औद्योगिक सुरक्षाको माग गरेको र प्रधानमन्त्रीले त्यसको जिम्मेवारी लिने सहमति भएको जानकारी दिएका छन् । वैद्यका अनुसार 'प्रधानमन्त्रीले लगानी गर्नुहोस् सुरक्षाको वातावरण मिलाउने काम मेरो हो भन्नुभएको छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®