|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्री ज्यानी दुस्मनतिर, दुई नेता दोस्तितिर काठमाडौँ, September 20, 2008- संयुक्त राष्ट्र संघको महासभामा भाग लिन माओवादी अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' माओवादीले 'साम्राज्यवादको नाइके' भन्दै आएको महाशक्ति राष्ट्र अमेरिकातर्फ लाग्नु अघिल्लो दिन माओवादीका दुई बरिष्ठ नेता भने अमेरिकाको घोर दुश्मन मानिएको राष्ट्रको भ्रमणमा निस्केका छन् । माओवादी प्रवक्ता एबं सूचना तथा सन्चारमन्त्री कृष्ण्बहादुर महरा र सचिवालय सदस्य नेत्रबिक्रम चन्द 'बिप्लब' शुक्रबार खुसुक्क उत्तर कोरियाको भ्रमणमा निस्केका हुन् । माओवादीभित्र रहेका नरम र गरम दुई धारमध्ये महरा र बिप्लब गरम धारका नेता मानिन्छन् । बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले नेतृत्व गरेको गरमपन्थी धारका अघोषित प्रबक्तापनि हुन् बिप्लव । यो धारले पार्टी अध्यक्ष प्रचण्डमाथि सुधारवादी बन्दै जान थालेको आशंकासहित निरन्तर खवरदारी गर्दै आएको छ । अमेरिका र भारतजस्ता मुलुक साम्राज्यवादी-विस्तारवादी भएकाले निकटको सम्बन्ध राख्न नहुने मान्यता यो धारका नेताहरुले राख्दै आएका छन् । उता उत्तर कोरियाले अमेरिका विरोधी रुझान राख्दै आएको छ । अमेरिकी राष्ट्रपति जर्ज बुसले पटक पटक उत्तर कोरियालाई दुष्ट राष्ट्रहरुको पंक्तिमा राख्दै आएका छन् । नेपालको छिमेकी राष्ट्र चीनको बलियो समर्थन पाएकालेमात्र अमेरिकाले उत्तर कोरियामाथि आक्रमण गर्न सकेको छैन । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको प्रतिनिधित्व गर्दै माओवादी अध्यक्ष प्रचण्ड अमेरिका जानुभन्दा अगाडि माओवादी नेताद्धय महरा र विप्लबको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । माओवादी श्रोतकाअनुसार उत्तर कोरियाको सत्तारुद्ध श्रमिक पार्टीको निमन्त्रणामा माओवादी नेताद्धय महरा र बिप्लब सोही देशको भ्रमणमा निस्केका हुन् । १० दिने भ्रमणको क्रममा उनीहरुले उत्तर कोरियाली राष्ट्रपति किम जोङ्ग इलसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ । उता संयुक्त राष्ट्र संघको महासभामा जाने नेपाली टोलीको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क लागेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले अमेरिकी राष्ट्रपति जर्ज बुसलाई भेट्ने कार्यक्रम छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||