Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका अन्तिम दिन र घण्टाहरुको गन्ती शुरु
कोइरालालाई राष्ट्रपति नबनाउने माओवादीको अडान कायमै
के आज माओवादी, कांग्रेस र एमालेबीच कुनै 'आश्चर्यजनक' सहमति होला?

काठमाडौं,  June 17, 2008- के आज माओवादी, कांग्रेस र एमालेबीच कुनै 'आश्चर्यजनक' सहमति होला ? र भोलि हुने संविधान सभाको चौंथो बैठकसँगै नयाँ सरकार गठनको प्रकृया सुरु होला? सहमतिको सम्भावना कम देखिन्छ । र सहमतिको सम्भावना नभएकैले नयाँ सरकार तत्काल बनि हाल्ने स्थिती पनि देखिदैन।

राष्ट्रपतिको लोभमा रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सोमबारपनि नयाँ सरकार बनाउने बाटो खुल्ला नगर्ने देखिएपछि माओवादी अध्यक्ष प्रचण्डले कोइरालालाई चेतावनीसहितको अन्तिम अल्टिमेटम दिएर बालुवाटारबाट बाहिरिएका छन् । प्रचण्डले भनेका छन्- 'बिभिन्न बखेडा निकालेर अबपनि नयाँ सरकार बन्ने बाटो खुला नगरिदिने हो भने जे गर्नुपर्छ तपाईंहरु नै गर्नुस् तर आइपर्ने चुनौति सामना गर्नपनि तैयार रहनुस् ।'

नयाँ सरकार गठनकालागि बाटो खुल्ला गरिदिन पटक पटक अल्टिमेटम दिएको माओवादीले भोलि असार ४ भित्र सरकार छाड्न कोइरालालाई अन्तिम अल्टिमेटमसहित कडा चेतावनी दिएको हो । यसअघि माओवादीले कोइरालाले नयाँ सरकार गठनकालागि जेठ २८ भित्र बाटो खुला नगरे राजिनामा दिने चेतावनीसहितको अल्टिमेटम दिएको थियो ।

Prime Minister Girijaprasad Kiorala. Photo: eEyeCam

तर आफू सरकार छाड्न तैयार रहेको प्रधानमन्त्री कोइरालाले माओवादी नेताहरुलाई बताएपछि माओवादीहरु पछि हटेका थिए । प्रधानमन्त्री कोइरालालाई राजिनामाकालागि दबाब दिन माओवादी अध्यक्ष प्रचण्ड आफ्ना मन्त्रीहरुले दिएको सामुहिक राजिनामा बोकेर बालुवाटार पुगेका थिए । तर फेरिपनि राष्ट्रपतिको माग गर्दै कोइरालाले सत्ता नछाड्ने संकेत दिएपछि क्रुद्ध माओवादी अध्यक्ष प्रचण्डले अबपनि कोइरालाले राजिनामा दिएर बाटो खुला नगरे आफै सरकारबाट हट्ने चेतावनी सोमबारको भेटमा दिए । माओवादी सरकारबाट हटेपछि कोइराला सम्बैधानिक संकटमा पर्ने माओवादीको विश्लेषण छ ।

कोइराला नेतृत्वको वर्तमान सरकार चुनाव सम्पन्न गर्नकालागि बनाइएको अन्तरिम सरकार हो । चुनाव सकिएकाले यो सरकारको औचित्य व्यवहारतः समाप्त भएको छ । सात दलको सहमतिको सरकार भएकाले माओवादी सरकारबाट हट्नासाथ सरकार सम्बैधानिक संकटमा फस्छ ।

माओवादी सरकारबाट हटेपछि कोइराला नेतृत्वको सरकार ढल्ने र नयाँ सरकार बनाउनुपर्ने स्थिति स्वत सिर्जना हुने माओवादी बुझाइ देखिन्छ ।
'हामी सरकारबाट हटेपछि कोइराला सरकार स्वतः ढल्छ, यो सरकार ढलेपछि फेरि कोइराला नै प्रधानमन्त्री बन्ने अवस्था आउन्न' माओवादीका एक केन्द्रीय नेताले भने- 'त्यसपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ, नयाँ सरकार गठनकालागि कांग्रेसले साधारण बहुमत पुर्याउन सक्ने स्थिति छैन । त्यो स्थितिमा ठूलो दलको नाताले माओवादीले सरकार बनाउने स्थिति स्वत सिर्जना हुन्छ ।'

सकभर सहमतिकै आधारमा र त्यो सम्भव नभए सम्बैधानिक र नैतिक संकट सिर्जना गरेर कोइरालालाई सत्ताबाट हटाउने नयाँ नीति माओवादीले अख्तियार गरेको देखिन्छ । यो सरकार ढल्नासाथ नयाँ सरकार गठन प्रकृया सुरु हुने स्वत प्रष्ट छ । ६ सय १ संविधान सभामा कांग्रेसको १ सय १० सिटमात्र छ । १ सय ७ सिटमा बिजय हासिल गरेको एमाले र कांग्रेस मिल्दापनि नयाँ सरकार गठनकालागि बहुमत पुर्याउन सक्ने स्थिति देखिन्न ।

५२ सिटमा बिजय हासिल गरेको चौंथो ठूलो दल मधेशी जनअधिकार फोरम र २० सिट रहेको तमलोपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्दापनि यो गठबन्धनको पक्षमा बहुमत हुने देखिन्न । यो स्थितिमा सबैभन्दा ठूलो दलको नाताले माओवादीले एक्लै सरकार बनाउने स्थिति सिर्जना हुनेछ । माओवादी सरकारमा जाने स्थितिमा एमालेपनि सरकारमा जानसक्ने देखिन्छ ।

त्यसैले ठूलो दल भएपनि माओवादीसँग बहुमत नरहेको भन्दै राष्ट्रपतिको बार्गेनिङ्ग गरेर सत्ता छाड्न नमानिरहेका प्रधानमन्त्री कोइरालाकालागि भोलिको दिन जीवनकै सबैभन्दा कठिन र चुनौतिपूर्ण दिन बनेर आउँदैछ । कोइरालालाई राष्ट्रपति नबनाउने अडान माओवादीले अन्तिम समयसम्म लिएको छ । अबपनि माओवादी यो निर्णयमा टसकामस हुने देखिन्न । त्यसैले २०४८ मा पहिलो पटक प्रधानमन्त्री भएदेखि लामोसमय सत्तामा रहेका कोइराला फेरि सत्तामा कहिल्यै नपुग्ने गरी सत्ताबाट हट्नुपर्ने दिन आउनै लागेको छ।

-Vivek Baral in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®