|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्रीको संयोजकत्वमा सेना समायोजन विशेष समिति
पुनर्गठन माघे संक्रान्तिलाई मगर र थारु जातिको राष्ट्रिय पर्वको रुपमा मान्यता काठमाण्डौं, January 8, 2009- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा सेना समायोजन विशेष समिति पुनर्गठन गरिएको छ । सिंहदरबार पुस २४ गते बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रबक्ता कृष्णबहादुर महराले बताए । नेकपा माओवादी नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमको तर्फबाट दुई/दुई सदस्य रहने गरी आठ सदस्यीय विशेष समिति गठन गर्ने सहमती यसअघि नै भईसकेको छ । समितिमा रहने सदस्यहरुको नाम भने दलहरुले पठाएपछि मात्र टुङ्गो लाग्ने प्रवक्ता महराले जानकारी दिए । यसअघि उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा समिति गठन गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सबै दलबाट समान सहभागिताको माग राखी आफ्नो दलबाट प्रतिनिधि नपठाएपछि बिशेष समितिले पूर्णता पाउन सकेको थिएन । यसैगरी बैठकले माघे संक्रान्तिलाई मगर र थारु जातिको राष्ट्रिय पर्वको रुपमा मान्यता दिने निर्णय गरेको छ । यस विषयमा मगर समुदायको आधिकारिक प्रतिकि्रया आउन भने बाँकी नै छ । वादी समुदायले उठाउँदै आएको यौन शोषण मुक्त समुदायको मागलाई सरकारले पूरा गरेको छ । प्रबक्ता महराका अनुसार बैठकले भूमिसुधार मन्त्रीको अध्यक्षतामा मुक्त कमैया आयोग गठन गरेको छ । आयोगका सदस्यहरुमा हाललाई कैलालीका पशुपति चौधरी र दाङका रामवचन चौधरी रहेका छन् । आयोगमा अन्य सदस्यहरु भने नियुक्त हुन बाँकी छन् । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||