प्रधानमन्त्रीद्वारा सबै मन्त्रीहरुलाई उद्घाटन गर्न भेला र गोष्ठीमा
नजान निर्देशन काठमाण्डौं, December 27, 2008-आफु पनि औपचारिक उद्घाटन गर्न भेला र गोष्ठीमा नजाने निर्णयमा
पुग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सबै
मन्त्रीहरुलाई उद्घाटन गर्न भेला र गोष्ठीमा नजान निर्देशन दिएका छन् ।
काम गर्ने समय उद्घाटन, भेला र गोष्ठीमा वितेपछि नागरिकको चाहना अनुसारको
काम नभएको भन्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले त्यो समय नागरिकलाई परिवर्तनको महसुस गर्ने कार्यक्रममा
खर्च गर्न सबै मन्त्रीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम
शर्माले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले नागरिकको परिवर्तनको चाहना अनुसार कर्मचारीहरु
चल्न नसकेको भन्दै परम्परागत प्रवृति त्याग्न आग्रह गरेका छन् । नयाँ नेपाल
निर्माण अभियानको चौमासिक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हरेक
मन्त्रालयको काम सन्तोष जनक नभएको गुनासोसमेत गरे । चौमासिक बैठकमा पेश
भएको प्रतिवेदन पुरानै पाराको र अमुर्त भएको भन्दै प्रधानमन्त्रीले
नागरिकको चाहनाअनुसार काम नभएको प्रधानमन्त्रीको धारणा थियो । राम्रो काम
गर्न नसक्नेलाई नागरिकले नछोड्ने भन्दै प्रधानमन्त्रीले परिवर्तन दिन नसके
काम गर्नुको कुनै औचित्य नहुने बताए ।