|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जनसेनाको मासिक भत्ता ३ हजारबाट ५ हजार पुग्यो जनतालाई राहत दिन नसक्दा सरकार बदनाम बन्दै काठमाण्डौं, October 6, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आपूर्ति मन्त्री राजेन्द्र महतोलाई दशैंको मुखमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी नियन्त्रण तथा आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन दिएका छन् । आइतबार सम्पन्न मन्त्री परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई कडाईका साथ पालना गर्नपनि आपूर्तिमन्त्रीलाई भनेका छन् । यसैगरी प्रधानमन्त्रीले अस्थायी शिविरमा रहेका माओवादी जनसेनाको मासिक तलबमानमा २ हजार बृद्धिको निर्णयपनि मन्त्री परिषदको बैठकबाट गराएका छन् । दशैंको मुखमा राजधानी लगायत देशभरि खाद्य लगायत अन्य अत्यावश्यक बस्तुको भाउ आकासिएको छ । मन्त्री महतोले आपूर्ति व्यवस्था सहज बनाइएको दावी गरेपनि व्यवहारमा त्यो देखिएको छैन । उपभोग्य बस्तुको मूल्यबृद्धि ३६ देखि ४० प्रतिसतसम्म भएको सर्वेक्षणहरुले देखाएका छन् । ग्याँसलगायतका पेट्रोलियम पदार्थ महङ्गो मूल्य तिर्दापनि पाउनसक्ने स्थिति छैन । दशैं आइसक्दापनि राजधानीमा गरिव तथा मजदुरहरुले मट्टितेलकालागि दिनभर लाइन बसेको दृष्य देख्न पाइन्छ । मूल्यबृद्धि, कालोबजारी र अत्यावश्यक बस्तुको अभावका कारण माओवादी नेतृत्वको सरकारको छविपनि अघिल्ला सरकारको जस्तै हुन थालेको छ । आव २०६५-२०६६ को बजेटमा सर्वसाधारणकालागि प्रसस्तमात्रामा राहतका कार्यक्रम ल्याइएपनि मूल्यबृद्धि, अभाव र कालोबजारी नियन्त्रण नभएका कारण जनताले माओवादी नेतृत्वको सरकारलाईपनि 'जुन जोगी आएपनि कानै चिरेको' भन्न थालेका छन् । यो स्थितिका कारण विस्तारै माओवादीको छविपनि अन्य पार्टीको जस्तै बन्न थालेको छ । माओवादीलाई समर्थन गर्ने जनसाधारण र पार्टी पंक्तिबाटैपनि यो स्थितिको अन्त्य गर्न प्रचण्डमाथि कडा दबाब परेपछि आइतबारको मन्त्री परिषद्को बैठकमा प्रधानमन्त्रीले आपूर्तिमन्त्रीलाई उपरोक्त निर्देशन दिएका थिए । श्रोतका अनुसार माओवादी नेतृत्वमा सरकार बनेयता सबैभन्दा लामो आइतबारको बैठकमा अधिकांस समय आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल भएको थियो । सबै मन्त्रीहरुले यो स्थितिका कारण सरकार र मन्त्रीहरु बदनाम बन्दै जान थालेकोमा चिन्ता व्यक्त गरेका थिए । आपूर्ति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन मन्त्री महतोलाई निर्देशन दिएका प्रधानमन्त्रीको विशेष आग्रहमा अस्थायी शिविरमा रहेका माओवादी जनसेनाको मासिक भत्तामापनि बृद्धि गरिएको छ । अन्य दलको विरोधका बाबजुद प्रधानमन्त्रीको बिशेष जोडमा जनसेनाको मासिक भत्ता ३ हजारबाट बढाएर ५ हजार पुर्याइएको छ । जनसेनाले मासिक १८ सय रुपैयाँ थप रासनभत्तापनि पाउँदै आएका छन् । बजेटमार्फत् राष्ट्रसेवक कर्मचारीहरुको तलब मासिक २ हजार बढेकाले जनसेनाको तलवमापनि बृद्धि गरिएको हो । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||