काठमाण्डौ, 10 Mar, 09- एकिकृत नेकपा माओवादी सेनाका कमाण्डर नन्दकिशोर
पुन मगर 'पासाङ्ग'ले आफूहरुले आह्वान गरेको भर्ति स्थगित गरेको बताएका छन्
।
सर्वोच्च अदालतको अन्तरिम आदेश तथा सेना समायोजन विशेष समितिको निर्देशन
अनुसार भर्ति स्थगित गरिएको पासाङ्गद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ
।
फागुन २७ गते जारी विज्ञप्तीमा आफ्नो सेना सरकार र विशेष समितिको मातहतमा
रहेकाले समिति र सर्वोच्च अदालतको निर्देशन पालना गरेको जनाइएको छ । फागुन
१९ गतेदेखि माओवादी सेनामा भर्ना खोलिएको थियो । फागुन २५ गते सर्वोच्च
अदालतले भर्ति रोक्न अन्तरिम आदेश जारी गरेको थियो भने सेना समायोजन विशेष
समितिले भर्ति तत्काल रोक्न निर्देश गरेको थियो ।