Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
माओवादी जनमुक्ति सेनाको बार्षिकोत्सबमा प्रमुख अतिथि बनिदिन राष्ट्रपतिलाई निम्तो

काठमाण्डौ, 2 Feb, 09- नेपाली सेनाका परमसेनाधिपति राष्ट्रपति डा. रामबरण यादवले माओवादी जनमुक्ति सेनाको बार्षिकोत्सबमा प्रमुख अतिथि बनिदिन निम्तो पाएका छन् । उनले निम्तो मान्ने नमान्ने कुराको टुङ्गो भने लागिसकेको छैन ।

सम्बिधानतः उनी नेपाली सेनाको परमसेनाधिपति छन् । राजतन्त्रको पहरेदार मानिएको नेपाली सेना विरुद्ध लामो समय लडेर माओवादीले गणतन्त्र स्थापना गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको जनमुक्ति सेनाले सोमबार त्यही सेनाका परमसेनाधिपतिलाई आफ्नो बार्षिकोत्सबको निम्तो दिएको हो ।

जनमुक्ति सेनाले जनयुद्धको बार्षिकी पारेर आगामी फागुन एक गते आफ्नो बार्षिकोत्सब मनाउँदैछ । जनमुक्ति सेनाको चौंथो डिभिजन रहेको नबलपरासीस्थित झ्याल्टुङ्गडाँडामा बार्षिकोत्सब मनाउन लागिएको हो । त्यसैकालागि जनमुक्ति सेनाले राष्ट्रपतिलाई निम्तो दिएको हो ।

राष्ट्रपतिलाई निम्तो दिन जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' र डेपुटी कमाण्डर चन्द्र खनाल 'बलदेब' अपरान्ह राष्ट्रपति कार्यालय रहेको शीतल निवास पुगेका थिए । साथमा प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालपनि थिए ।

राष्ट्रपति र जनमुक्ति सेनाको टोलीबीच करिव पौने घण्टा कुराकानी भएको थियो । कुराकानीका अवसरमा समसामयिक कुराकानी भएको थियो । लामो कुराकानीपनि राष्ट्रपति यादवले आफू जाने- नजानेको कुराको निर्णय आफ्नो कार्यालयले तय गरी जानकारी दिने बताएका थिए ।

राष्ट्रपति सोही कार्यक्रममा प्रमुख अतिथि बनेर नगएमा जनमुक्ति सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रमुख अतिथिको रुपमा निम्तो दिने भएको छ । प्रधानमन्त्री बन्नुअघि प्रचण्ड जनमुक्ति सेनाको सर्बोच्च कमाण्डर थिए ।

-Sitaram Baral in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®