|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
लाल सेना कि प्रमिकाले बिहे गरिन् बुवा
बेपत्ता पार्ने नेपाली सेनाका जवानसँग![]() सैनिक जवान आचार्य र बेहुली सलिसा अर्याल । साभार- नयाँपत्रिका काठमाण्डौं, November 30, 2008- सेना समायोजन भए नेपाली सेनामा बिद्रोह हुन्छ भन्ने प्रचार समायोजनका विपक्षीहरुले जोडतोडले उठाइरहेका बेला माओवादी जनमुक्ति सेना र नेपाली सेनाका एक जोडीबीच शनिवार धादिङ्गमा विवाह भएको छ । आफ्ना पितालाई माओवादीको आरोपमा सेनाले पक्राउ गरी बेपत्ता पारेपछि माओवादी जनमुक्ति सेनामा भर्ति भएकी धादिङ्ग महादेबेसीकी सलिसा अर्याल धादिङ्गकै महादेबबेसीस्थित कोइराले डाँडामा रहेको सेनाको टुकडीमा कार्यरत श्रीकुमार आचार्यसँग विवाह बन्धनमा बाँधिएकी हुन् । सलिसाका बाबुलाई सेनाले २०६० कार्तिकमा बेपत्ता बनाएको थियो । बाबु बेपत्ता भएपछि सेनासँग बदला लिन सलिसा माओवादीमा लागेकी थिइन् । अनमिनले गरेको पहिलो प्रमाणिकरणमा उनी माओवादी जनसेनाको सदस्यको रुपमा दर्तासमेत भएकी थिइन् । तर दोश्रो प्रमाणिकरण बेला भने उनी गइनन् बरु गाउँमै माओवादी राजनीतिमा सकृय भइन् । यसैक्रममा बेपत्ता बाबुलाई खोज्न उनी सोही सैनिक टुकडीमा गैरहन्थिन् । यसरी बाबु खोज्न जाने क्रममा सैनिक जवान आचार्यसँग उनको प्रेम भएको थियो । यसरी सैनिक जवानसँग प्रेम चल्न थालेपछि उनले आफ्नै सैनिक प्रेमीको फोटो आफ्नो घरको कोठमा ल्याएरसमेत सजाइन् । उनीहरुबीचको प्रेमलाई परिवारलेसमेत हार्दिकरुपले स्वीकार गरेपछि शनिवार परिवारजनले विवाह गरिदिएका थिए । सैनिक जवानसँग विवाह भएपनि उनीहरुको विवाहलाई 'जनवादी विवाह' नाम दिइएको थियो । विवादमा कुनै दाइजो दिइएन माओवादी नेताहरुलाई बोलाएर भाषण गर्न लगाइयो भने बेहुली अर्यालले आफू अझैपनि माओवादी नै रहेको बताइन् । |
|
|
विवाहमा माओवादीका पूर्व केन्द्रीय सदस्य एबं धादिङ्ग- १ बाट निर्वाचित माओवादी सभासद् पुष्पबिक्रम मल्ल, जनमुक्ति सेनाका डिभिजन कमाण्डर यमबहादुर अधिकारी 'प्रतीक्षा' लगायतका नेताहरु सरिक भएका थिए । परिवारजनले सेनाले सलिसाका बाबुलाई बेपत्ता पारेपनि अहिले परिस्थिति बदलिएको र सेना समायोजनको कुरा चलिरहेकाले यो बिबाहले सेना समायोजन कार्यलाईपनि सहज बनाउने दावी गरेका थिए। -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||