Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
शान्ति प्रकृया बीचमै तुहिनसक्ने जनमुक्ति सेनाका कमान्डरको चेतावनी

काठमाण्डौ, 24 Jan, 09- माओवादीसम्बद्ध जनमुक्ति सेना नेपालले एमालेका पूर्व महासचिव माधव नेपालले आफ्नो संगठनविरुद्ध दिएको अभिव्यक्तिको प्रतिवाद गरेको छ ।

जनमुक्ति सेनाले एमाले नेता नेपालको अभिव्यक्ति तुच्छ भएको ठहर गर्दै यस्ता अभिव्यक्तिहरु शान्ति प्रकृया भाँड्ने नियतका साथ आएको ठोकुवासमेत गरेको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा माओवादी र एमालेसम्बद्ध विद्यार्थी संगठनबीचको झडपमा घाइते भएका एमाले निकट विद्यार्थी संगठनका घाइतेहरुलाई भेट्न गएका एमाले नेता नेपालले विहीबार क्यान्टोनमेन्टमा रहेका सेना सेना नभई अपराधी भएको र उनीहरुलाई पक्रेर जेलमा कोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

दुई दुई स्थानबाट चुनाव हारेपनि माओवादी निगाहमा सम्बिधान सभामा मनोनित सदस्य र सम्बैधानिक समितिको सभापति भएलगत्तै गतहप्ता विराटनगरमा सन्‍चारकर्मीहरुसँगको अर्काे कुराकानीमा एमाले नेता नेपालले माओवादी जनसेनासँग रहेका हतियारहरु नेपाली सेनालाई बुझाएपछिमात्र मुलुकमा शान्ति हुने अभिव्यक्ति दिएका थिए ।

जनमुक्ति सेना नेपाल मुख्यालयको तर्फबाट शुक्रबार एक बिज्ञप्ती जारी गर्दै कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' ले भनेका छन्- 'यस्ता तुच्छ अभिव्यक्तिहरु सार्वजनिक रुपमा ओकल्दै जानुले सिङ्गो शान्ति प्रकृया नै आँच पुर्याउने षडयन्त्र त होइन भन्ने प्रश्न उठाएको छ ।' एमाले नेता नेपालको अभिव्यक्तिलाई उनले गैर जिम्मेवार ठहर गरेका छन् ।

जनमुक्ति सेना नेपालका इन्‍चार्ज तथा माओवादी पोलिटव्यूरो सदस्य बर्षमान पुन 'अनन्त' ले पोखरा घटनामा एमालेले माओवादी विद्यार्थी संगठनमाथि हात हालेपछि भीडन्त भएको जनाउँदै आफ्ना अपराध लुकाउन एमाले नेताहरुले जनमुक्ति सेनामाथि प्रहार थालेको आरोप लगाएका छन् ।

शान्ति सम्झौतमा आफैले गरेको हस्ताक्षर विपरित गएर नेपालले जनसेनाका हतियार सेनालाई बुझाउनुपर्छ भन्नु षडयन्त्र भएको बताउँदै माओवादीका सैन्य नेता अनन्तले यस्ता अभिव्यक्ति साँच्चिकै एमाले नेताका मुखबाट आएका हुन् भने यसबाट शान्ति प्रकृया बीचमै तुहिनसक्ने चेतावनीपनि दिएका छन् ।

-Sitaram Baral in Kathmandu





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®