|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
माओवादी सेनाका क्यान्टोनमेन्टहरुमा भर्तिकालागि
युवा-युवतिहरुको भीड दुबै सेनाले सरकारको आदेश मान्नुपर्ने-प्रधानमन्त्री प्रचण्ड काठमाण्डौ, 6 Mar, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुबै सेनाले सरकारको आदेश मान्नुपर्ने बताएका छन् । उता शान्ति सम्झौता विपरित नेपाली सेनाले खोलेको भर्तिलाई सरकारले रोक्न नसकेपछि माओवादी जनमुक्ति सेनालेपनि यसैहप्तादेखि भर्ति खोलेको छ । दुबै सेनाले सरकारको आदेश विपरित नयाँ सैन्य भर्ना लिएपछि प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्ति आएको हो । पछिल्लो स्थितिले सरकारको नियन्त्रणमा दुबै सेना नरहेको देखाएको छ । माओवादी सेनामा भर्तिकालागि सयौं युवाले दर्खास्त दिइसकेका छन् । जनमुक्ति सेनाका क्यान्टोनमेन्टहरुमा भर्तिकालागि युवा-युवतिहरुको भीड नै लागेको छ । पछिल्लो समयमा माओवादी नेतृत्वमा रहेको जनमुक्ति सेनासमेत आफ्नै पार्टीप्रति असन्तुष्ट देखिएको छ जसका कारण प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले भर्ति रोक्न आदेश दिएपनि उसले त्यो नमान्ने बताइसकेको छ । शान्ति सम्झौता विपरितको भर्ति नेपाली सेनालेपनि रोकेमामात्र आफूलेपनि भर्ति रोक्ने जनमुक्ति सेनाले बताएको छ । दुबै सेनाले भर्ति रोक्न नमानिरहेका बेला प्रधानमन्त्री प्रचण्डले दुबै सेनाले सरकारको आदेश मान्नुपर्ने बताएका हुन् । ११ औं अखिल नेपाल कानून व्यवसायी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- 'जनमुक्ति सेनापनि विशेष समितिको मातहतमा गैसकेकाले भर्ति रोक्न सरकारले दिएको आदेश उसले मान्नुपर्छ ।' प्रधानमन्त्रीले नेपाली सेनालाईपनि सरकार र सर्वाेच्च अदालतले दिएको आदेश मान्न आग्रह गरेका छन् । सरकारले यसअघि सैनिक भर्ना रोक्न आदेश दिएपनि सेनाले जारी राखेको थियो । भर्तिका विरुद्धमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चले पनि रोक्न अन्तरिम आदेश जारी गरिसकेको छ । तर सेनाले भर्ति समाप्त भै तालिमसमेत सुरु भैसकेको बताएको छ । सेनाले तालिमसमेत सुरु भएको बताएपछि अदालतमा परेको मुद्धाको सम्बन्धमा सत्तारुढ पाँचदलीय गठबन्धनले सैनिक भर्तिलाई मान्यता दिने निर्णय गरिसकेका थिए । यस्तो निर्णय सार्वजनिक भएपछि जनमुक्ति सेनाले यो निर्णय आफ्नालागि पनि लागू हुने बताउँदै भर्ति सुरु गरेको थियो । -Sitaram Baral in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||