Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
अब भर्ती खोल्ने पालो माओवादी जन मुक्ती सेनाको
अनमिनले अयोग्य ठहर्याएका १२ हजार पदकालागि भर्ती खुल्ला

काठमाण्डौ, 4 Mar, 09- नेपाली सेनालेजस्तै जनमुक्ति सेनालेपनि खालि पदहरुमा सैन्य भर्ना खुला गरेपछि माओवादी र राजनीतिक दलहरुबीचको विवाद फेरि बढेको छ । जनमुक्ति सेनाको यो निर्णयपछि माओवादी अध्यक्षँसमेत रहेका प्रधानमन्त्री प्रचण्ड निकै अप्ठेरोमा परेका छन् ।

पछिल्लो सैन्य भर्ना विवादले जनमुक्ति सेना र उसलाई नेतृत्व िदंदै आएको सत्तारुढ एकिकृत नेकपा माओवादी बीचपनि सम्बन्ध चिसिएको देखिएको छ ।

शनिवार बसेको सत्तारुढ पाँच दलको संयन्त्रले भर्ना भएका सैनिकहरुलाई मान्यता दिने निर्णय गरेलगत्तै क्रुद्द बनेको जनमुक्ति सेनालेपनि आफ्नो फौजमापनि करिव १२ हजार पदहरु खालिरहेको बताउँदै भर्ना खोलेको घोषणा गरेको थियो । जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' ले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै भर्ना खुलाइएको सार्वजनिक जानकारी दिएका थिए ।

राष्ट्रसंघीय मिसन अनमिनले अयोग्य ठहर्याएका करिव १२ हजार पदकालागि जनमुक्ति सेनाले भर्ना खोलेको हो । एकिकृत माओवादीको पोलिटव्यूरो सदस्यसमेत रहेका जनसेना प्रमुख पासाङ्गले भर्ना खोलिएको विज्ञप्ती जारी गरेपछि अर्थमन्त्रीसमेत रहेका माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले यसबारे पार्टी र सरकारलाई कुनै जानकारी नभएको प्रतिकृया दिएका थिए ।

'यो जनमुक्ति सेनाको निर्णय हो समय आएपछि पार्टी र सरकार दुवैले यसबारेमा जानकारी पाउनेछन्' जनसेना प्रमुख पासाङ्गले भनेका छन्- 'सरकारले नेपाली सेना र जनमुक्ति सेनाबीच भेदभाव गरेको छ जवकि गणतन्त्रकालागि लड्ने सेना भनेका हामी हौं ।' पासाङ्गको यो कथनले माओवादी तथा सरकार र जनमुक्ति सेनाबीच पहिलो पटक विवाद सिर्जना भएको देखाएको छ ।

जनमुक्ति सेनाको निर्णयप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लेसमेत असहमति व्यक्त गरेका छन् । मंगलबारै भएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीचको भेटमा प्रधानमन्त्री प्रचण्डले जनमुक्ति सेनाले भर्ना खोल्न नपाउने बताएका थिए ।

-Sitaram Baral in Kathmandu











   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®