Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

माओवादी जनमुक्ति सेनाको आठौं बार्षिकोत्सब भव्य रुपमा सम्पन्न



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'जनमुक्ति सेना अब विशेष समितिले दिएको निर्देशन अनुसार चल्नुपर्ने हुन्छ'- प्रधानमन्त्री


The decorative intrance of the 8th anniversary of PLA celebration in Hattikhor, Nawalparashi, Nepal. Photos: Sitaram

काठमाण्डौ, 13 Feb, 09-
गणतन्त्र स्थापनाकालागि महत्वपूर्ण भूमिका खेलेको जनमुक्ति सेना नेपालले गणतन्त्रात्मक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रमुख अतिथि बनाई आफ्नो आठौं बार्षिकोत्सब भव्य रुपमा मनाएको छ ।

बार्षिकोत्सब कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री, जनमुक्ति सेनाका पूर्व सर्बोच्च कमाण्डर तथा माओवादी अध्यक्ष प्रचण्डले जनमुक्ति सेना अब माओवादी अन्तर्गत नभै 'सेना समायोजन सम्बन्धी विशेष समिति' अन्तर्गत भएको घोषणासमेत गरे।

'गत साल म जनमुक्ति सेनाको सर्बोच्च कमाण्डरको हैसियतले सातौं बार्षिकोत्सबको प्रमुख अतिथि बनेको थिएँ' आफूले स्थापना गरेको जनमुक्ति सेनाको सर्बोच्च कमाण्डरबाट हट्नु परेकोमा असजिलोसमेत लागेको बताउँदै प्रचण्डले भने- 'सेना समायोजन प्रकृया सुरु भएको छ र जनमुक्ति सेनाको जिम्मा अब सेना समायोजन सम्बन्धी विशेष समितिले लिएको छ जनमुक्ति सेना अब विशेष समितिले दिएको निर्देशन अनुसार चल्नुपर्ने हुन्छ ।' सो समितिको संयोजक प्रधानमन्त्री प्रचण्ड नै छन् ।
 

Prime Minister and former Supreme Commander of People's Liberation Army (PLA) of Maoists Party Pushpa Kamal Dahal aka Prachanda at the 8th anniversary of PLA celebration in Hattikhor, Nawalparashi, Nepal. Photos: Sitaram

काग्रेस लगायतका केही राजनीतिक पार्टीहरुले जनमुक्ति सेना बिद्रोही सेना भएको बताउँदै यसलाई विघटन गर्नुपर्ने माग गरिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले भने विशेष समितिको निर्णयबाट अब जनमुक्ति सेनालाई बैधानिक सेनाको हैसियत दिन लागिएको बताउँदै यसको भविष्यप्रति आश्वस्त पार्न खोजेका छन् । बुधबार बसेको सेना समायोजन सम्बन्धी बिशेष समितिले यसकालागि प्राविधिक समिति गठन गर्ने निर्णय गरेको बताउँदै अब छिट्टै सेना समायोजन भएर जनमुक्ति सेनाले बैधानिक मान्यता प्राप्त गर्ने बताए ।


Photo: Sitaram. Illustration: eEyeCam

गणतन्त्र स्थापनामा जनमुक्ति सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रचण्डले अब जनमुक्ति सेनाले शान्तिको लडाईं निर्वाह गर्नुपर्नेमा जोड दिए । 'शान्तिकालागि अब जनमुक्ति सेनाले अहिलेको परिवर्तित हैसियतलाई स्वीकार गर्नुपर्छ' उनले भने- 'गणतन्त्रको लडाईंजस्तै अब तपाईंहरुले शान्तिको लडाईंपनि जित्नु जरुरी छ ।' गणतन्त्र र शान्ति नरुचाएका केही प्रतिगामी तत्वहरु देशलाई फेरि युद्धमा फर्काउन लागिरहेको बताउँदै प्रचण्डले जनमुक्ति सेना कसैको बहकावमा नलागी शान्ति स्थापनामा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्व मेजर जनरल तथा अन्तरिम व्यवस्थापिका- संसदका निवर्तमान सदस्य कुमार फुदोङ्गले जनमुक्ति सेनापनि राष्ट्रकै सेना भएको र यसले १० बर्षे जनयुद्धका क्रममा आफ्नो योग्यता र क्षमताको प्रदर्शन गरेको बताएका थिए । यसैगरी राष्ट्रसंघीय मिसन अनमिनका नेपाल प्रमुख एडवार्ड हुलेरीले जनुमुक्ति सेनाको भविष्य उज्ज्वल भएको धारणा राखेका थिए । नेपाल कम्युनिष्ट पार्टीका एकमात्र जीवित संस्थापक तथा एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य नरबहादुर कर्माचार्यले जनमुक्ति सेनालाई पार्टीकै मातहतमा राख्नुपर्ने धारणा राखेका थिए ।


PLA Commander Nanda Kishor Pun Magar 'Pasang' at the event. Photos Sitaram

सभापतिको आसनबाट बोल्दै जनमुक्ति सेनाका प्रमुख कमाण्डर नन्दकिशोर पुन मगर 'पासाङ्ग' ले जनमुक्ति सेनाले गणतन्त्रको स्थापनाकालागि लडाईं लड्ने शहीदहरु र योद्धाहरुको अपमान भएको सुन्न नचाहेको तर केही राजनीतिक पार्टी र नेताहरु शहीद तथा जनमुक्ति सेनाको अपमान गर्ने उद्यत भएको भन्दै दुख प्रकट गरेका थिए । जनमुक्ति सेना, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका आ- आफ्ना समस्या भएको बताउँदै उनले नयाँ गणतान्त्रिक सरकारले समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । उनको भनाई थियो- 'राजनीतिक सहमतिको आधारमा जनमुक्ति सेना लगायत सबै सुरक्षा निकायका समस्या समाधान हुनुपर्छ ।'


PLA Deputy Commander Chandra Khanal 'Baldev' at the event. Photos Sitaram

सेना समायोजन समन्धी विशेष समितिले गरेको निर्णय जनमुक्ति सेनाकालागि स्वीकार्य भएको बताउँदै देश र जनताका विरुद्ध अझै षडयन्त्र जारी रहे जनमुक्ति सेना बलिदान दिन अझै तैयार रहेको स्पष्ट पारेका थिए । बिगत केही दिन यता जण्डिस रोगबाट ग्रस्त भएका कमाण्ड पासाङ्ग कार्यक्रममा भाग लिनकालागि अघिल्लो दिनमात्र कार्यक्रम स्थल नवलपरासीको हात्तीखोरस्थित चौंथो डिभिजनको परिवर्तन स्मृति बि्रगेडमा पुगेका थिए । कार्यक्रम हेर्न १० हजारभन्दा बढि जनसमूह र १ सय भन्दा बढि सन्‍चारकर्मीहरु त्यहाँ पुगेका थिए ।

-Sitaram Baral in Nawalparashi.


Ministers and other guests at the event. Photos Sitaram


Sharad, 5th Division Commander, Pasang, PLA chief commander and Ananta, former Deputy Commander who is now CA Member (seated).


UN representatives at the event. Photos Sitaram


Nepal Police officers at the event.


PLA female cadres marching at the event. Photos Sitaram


PLA male cadres marching at the event.


PLA commandos guarding the celebration event. Photos Sitaram


PLA commandos at the entrance.


PLA logo. Photos Sitaram
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®