|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पेट्रोलियम पदार्थमा मूल्य बृद्धिको मार जनतामा काठमाडौं, June 17, 2008- पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिसँग लामो तथा छोटो दुरीका सवारी साधनमापनि भारीमात्रामा मूल्यबृद्धि हुने भएको छ । सार्वजनिक यातायात भाडा निर्धारण समितिको सिफारिस अनुसार भाडामा बृद्धि हुन लागेको हो । समितिको गठन सरकारले गरेको थियो । अब लामो दुरीमा चल्ने ठूलो बस र मिनीबसले २ सय ५ किलोमिटरभित्र प्रति किलोमिटर १ रुपैयाँ ४० पैसा लिनसक्ने छन् । हालसम्म यो दुरीकालागि उनीहरुले १ रुपैयाँ २५ पैसा लिने गरेका थिए । सोभन्दा माथिको दुरीकालागि प्रतिकिमी १ रुपैयाँ ४३ पैसा भाडा दर निर्धारण गरिएको छ । काठमाडौंमा चल्ने गाडीकालागिपनि नयाँ भाडादर कायम भएको छ । कायम गरिएको नयाँ भाडादर अनुसार काठमाडौं चक्रपथमा २५ किलोमिटरको दुरीमा प्रतिकिमी भाडादर १ रुपैया ९५ पैसाबाट बढाएर २ रुपैयाँ ५५ पैसा तय गरिएको छ । उपरोक्त भाडादर पेट्रोलबाट चल्ने सवारी साधनकालागि हो । डिजेलबाट चल्दै आएका सवारी साधनकोपनि नयाँ भाडादर कायम गरिएको छ । काठमाडौंमा लोकप्रिय मानिएका माइक्रोबसहरु डिजेलबाट चल्दै आएका छन् । हालसम्म माइक्रोबसहरुले प्रति पाँच किलोमिटरमा १० रुपैयाँ भाडा िलंदै आएकोमा अब उनीहरुले १२ रुपैयाँ लिन पाउनेछन् । १० रुपैयाँ नै िलंदै आएका ग्याँस टेम्पोहरुले ११ रुपैयाँमात्र लिन पाउनेछन् । ट्याक्सीको भाडामापनि बृद्धि भएको छ । ट्याक्सी चल्न सुरु हुनासाथ ८ रुपैयाँ उठ्ने गरेकोमा अब ११ रुपैयाँ उठ्नेछ । त्यसपछि प्रतिकिलोमिटर २० रुपैयाँ उठ्ने गरेकामा अब प्रतिकिलो मिटर २३ रुपैयाँ पुर्याइएको छ । सवारी साधनको मूल्यबृद्धिको असर दैनिक उपभोगका बस्तुहरुमापनि पर्ने निश्चित छ । त्यसो त पेट्रोलियम पदार्थमा मूल्यबृद्धिसँगै उपभोग्य सामाग्रीमापनि मूल्यबृद्धि भैसकेको थियो । तर अनुगमनको व्यवस्था नहुँदा एक पटक मूल्यबृद्धि हुँदा उपभोग्य सामाग्रीका बिक्रेताहरुले दुई पटक मूल्यबृद्धि गर्ने गरेका छन् । -Sharmila Thapa in Kathmandu सरकारले सोच्ने बेला आयो अब काठमाडौं, June 17, 2008- आखिरमा यातायात व्यवसायीहरुले जे चाहेका थिए त्यही भयो । देशमा २५ प्रतिशत पेट्रोलको भाउ बढ्दा उनीहरुले २६ देखि ३५ प्रतिशत भाडा बढाउन सफल भए । यातायात व्यवसाय र सरकार बीच भएको सहमति- वैज्ञानिक तरिका अनुरुप नै बढाएको हो भन्छन तर उपभोग्क्ताको रोहवर विना दुवै पक्षले भाउ बढाए भन्ने कुरा पनि आयो । सरकारले यातायात व्यवसायबाट एकमुष्ट रुपमा रकम प्राप्त गरेको छ कि क्या हो व्यवसायीहरुले चाहे झैं भाडा बढाई दिएको छ । पेट्रोलको भाउ बढ्यो भाडा पनि बढनु स्वभाविकै हो तर जुन रुपमा यातायात व्यवसायले दादागिरी गरि भाउ बढाएको थियो त्यसलाई सरकारले वार्ता गरे झैं गरि सर्वसाधारण समक्ष सहमतिमा आएको जस्तो नाटक गरेको छ । अब कुरो उठ्छ अनियमित भाडा उठाउने सम्बन्धमा त्यसको नियन्त्रण कसले गर्ने ट्याक्सीको शुरुवात ११ रुपैया र प्रति किलोमिटर ४.६० पैसा तोकेको छ जब कि त्यो भन्दा बढी मुल्य असुल्ने गर्दछन्- ड्राइभरहरु । कलंकी, नयाँ बसपार्क र चोक चोकमा त्यस्ता ट्याक्सीहरु चाखे थापेर बस्ने गर्दछन् । उनीहरु मनोमानी तरिकाले सर्वसाधारण यात्रुहरुसँग भाडा असुली रहेका छन्- कार्यवाही गर्ने कसले ? ड्राइभरकै भाषा अनुसार मिटरमा छुस हान्ने ड्राइभरहरु कति छन् कति काठमाडौंमा । त्यस्तो मिटर कसले चेक गर्ने ? त्यो निकाय पनि अब सकृय हुनु पर्यो। लोकतान्त्रिक सरकार पनि अब हिजो झैं भष्ट्राचार र गलत काम गर्नेलाई सजाय गर्न नसक्ने खालको हुँदै गयो भने जनतालाई के पन्चायत, के प्रजातन्त्र, के राजाको शासन, के लोकतन्त्र ? यसैले अब सरकारमा बसेकाहरु चनाखो हुँदै सबै सरकारी निकायहरुलाई तिव्र एवम् भष्ट्राचार मुक्त बनाउन पहल आजै देखि शुरु गर्नु पर्दछ । ड्राइभरको लाइसेन्स लिन समेत ९ हजार चुक्ता गरे केही गर्नु नपर्ने कुरा थाहा लाग्यो । यस्तो घटनाहरुले सरकारको कमजोर पक्ष उजागर गर्दछ । -Purnabahadur Thapa Magar, Lalitpur |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®