|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पेट्रोलियमको मूल्य घटेपनि दैनिक उपभोग्य बस्तुको
मूल्य ज्यूँकात्यूँ काठमाण्डौं, October 26, 2008- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटलाई मध्यनजर गर्दै नेपाल आयल निगमले नेपालमा पनि इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिकाकारण दैनिक उपभोग्य बस्तु र यातायातको पनि मूल्य बढेको थियो । तर पेट्रोलियम पदार्थको मूल्य घटेपनि यातायात र दैनिक उपभोग्य बस्तुको मूल्य भने घटाइएको छैन । तिहारको मुखैमा सरकारले दैनिक उपभोग्य बस्तुको मूल्यपनि घटाउने हो भने सरकारप्रति जनविश्वास अरु बढ्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भएको गिरावटसँगै पेट्रोलको मूल्य १ सय रुपैयाँबाट घटाएर ९५ रुपैयाँमा झारिएको छ । यसअघि पेट्रोलको मूल्य ८० रुपैयाँबाट बढाएर १ सय रुपैयाँ पुर्याइएको थियो । जानकारीअनुसार मूल्य घटाइएपनि पेट्रोलबाट निगमलाई अझैपनि ११ रुपैयाँ नाफा हुनेछ । यसअघि मासिक डेढ अर्वसम्म घाटामा रहेको निगम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि मासिक एक करोडभन्दा बढि नाफा कमाउन थालेको छ । यसैगरी डिजेलको मूल्यपनि प्रतिलिटर ७० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ८० रुपैयाँ पुगेको थियो । मूल्य घटाइँदा डिजेलमा अहिले प्रतिलिटर २ रुपैयाँ घाटा रहेको आपूर्ति मन्त्री राजेन्द्र महतोले बताएका छन् । हवाई इन्धनमापनि यसअघिको प्रतिकिलोलिटर एक हजार ५ सय अमेरिकी डलरबाट घटाएर १ हजार ४ सय डलर पुर्याइएको छ । पेट्रोलमा अहिलेपनि ११ रुपैयाँ नाफामा रहेको निगम हवाई इन्धनमा प्रतिलिटर १६ रुपैयाँ नाफामा रहेको बताइएको छ । पेट्रोल डिजेल र हवाई इन्धनमा मूल्य घटाइएपनि निगमले मट्टितेल र ग्याँसमा घाटा रहेको बताउँदै मट्टितेल र ग्याँसको मूल्य भने घटाएको छैन । निगमकाअनुसार प्रति सिलिण्डर ग्याँसमा ३ सय ७४ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर ७ रुपैयाँ घाटा छ । बजारमा ग्याँस र मट्टितेलको अभाव अहिलेपनि कायम छ । नेपालका सबै मालबाहक गाडीहरु पेट्रोल र डिजेलबाट चल्दै आएका छन् । त्यसैले पेट्रोल र डिजेलको मूल्यबृद्धिसँगै गाडीबाट ओसार-पसार हुने दैनिक उपभोग्यलगायतका बस्तुहरुकोपनि मूल्यबृद्धि हुने गरेको छ । पेट्रोलियम पदार्थमा यसअघि भएको मूल्यबृद्धिका कारण यी बस्तुको मूल्य साविककोभन्दा ३०-४० प्रतिसत बृद्धि भैसकेको छ । तर सोमबार मूल्य घटेपनि व्यापारीहरुले दैनिक उपभोगका बस्तुहरुको मूल्य घटाउने तरखर भने गरेका छैनन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||