|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
मूल्य बृद्धि पछि पनि नेपाललाई मासिक १ अर्ब ५०
करोड अझै घाटा![]() नयाँ मुल्य बारे जानकारी दिन जेठ २७ गते राती आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझा तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झा Photo: Santa Bagam काठमाडौं, June 10, 2008- नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धिलाई कारण देखाउँदै पेट्रोलियम पदार्थमा नयाँ मुल्य निर्धारण गरे पछि पनि नेपाल आयल निगमलाई मासिक घाटा १ अर्ब ५० करोड घाटा रहेको उद्योग वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले बताए । पुरानो मुल्यमा बेच्दा निगमलाई मासिक २ अर्ब ६२ करोड घाटा थियो । जेठ २७ गते पत्रकार सम्मेलन गरी निगमले दिएको जानकारी अनुसार काठमाडौंमा सबैभन्दा बढि खपत हुने मटितेलमा प्रतिलिटर १४ रुपैयाँ बृद्धि भएको छ भने पेट्रोलमा २० रुपैया मूल्य बृद्धि भएको छ । यसैगरी ग्याँस प्रतिसिलिण्डर १ सय रुपैयाँ र डिजेलमा प्रतिलिटर १४ रुपैयाँ बृद्धि भएको छ । तराई र भित्री मधेशका जिल्लामा भने एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ११ सय ८० कायम गरिएको छ । संविधान सभामा प्रतिनिधित्व गर्ने १३ राजनीतिक दलको सहमति लिएर सरकारले यो निर्णय गरेको हो । यसअघि मटितेलको मूल्य प्रतिलिटर ५१ रुपैयाँ थियो भने मूल्यबृद्धिपछि ६५ रुपैयाँ पुगेको छ । यसैगरी डिजेलको मूल्य प्रतिलिटर ५६ रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ भने पेट्रोलको मूल्य ८० रुपैयाँबाट बढेर रु १ सय पुगेको छ । यसअघि ग्याँसको मूल्य प्रतिसिलिण्डर १ हजार १ सय रुपैयाँ रहेकोमा सोमबारको निर्णयपछि १ हजार २ सय रुपैयाँ पुगेको छ । प्रतिसतका दृष्टिले पेट्रोल र डिजेलमा २५ प्रतिसत, मटितेलमा ३० र ग्याँसमा ९ प्रतिसतका दरले मूल्य बृद्धि भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा समेत कटौती गरेको छ । जस अनुसार प्रति किलोलिटर पेट्रोलमा १४ हजार ७ सय ५० रुपियाँ भएकोमा १४ हजार, डिजलमा २१ सय रुपियाँ भएकोमा १६ सय र मट्टितेलमा १३ सय भएकोमा १ हजार बनाइएको छ । खाना पकाउने ग्यासमा लिँदै आएको ६ दशमलब ७५ प्रतिशत करलाई ४ प्रतिशतमा झारिएको छ । यस अघि लिँदै आएको १ दशमलब ५ प्रतिशत स्थानीय विकास करलाई १ प्रतिशत बनाइएको छ । ![]() भद्रकाली स्थित पेट्रोल पम्प अगाडि घण्टौं लाइनमा बसेका उपभोत्ता । Photo: Santa Bagam पेट्रोलियम पदार्थ प्रायजसो रक्सौल नाकाबाट आउने गरेको छ । त्यसैले सोही नाकालाई आधार मानी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको छ । पेट्रोलियम पदार्थ ढुवानीको दुरीलाई आधार मानी सरकारले पहाडी क्षेत्र र तराई क्षेत्रका लागि अलग-अलग मूल्य कायम गरेको छ । नेपालीहरु लामो समयदेखि पेट्रोलियम पदार्थको अभाव व्यहोरिरहेका छन् । मूल्य बृद्धि पछि घण्टौं लाइनमा बस्नु पर्ने समस्याबाट मुक्ति पाइने आम उपभोक्ताको अपेक्षा रहेको छ तर मूल्यबृद्धिपछि पनि सहजै पेट्रोलियम पदार्थ नपाइने हो कि भन्ने चिन्ता पनि उत्तिकै ब्याप्त छ । यसै बिच, जेठ २७ गते बसेको मन्त्री परिषद राजनीतिक परामर्श समितिको वैठकले निजी क्षेत्रले पनि पेट्रोलियम पदार्थ आयात गरी बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ । -Santa Bagam and Sharmila Thapa in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®