Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चमा शान्तिपूर्ण कि सशस्त्र छलफल हुँदै

काठमाण्डौं, November 20, 2008- संविधान सभामा २ जना सभासद प्रतिनिधि रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍च शान्तिपूर्ण र शशक्त अथवा सशस्त्र र भूमिगत कस्तो आन्दोलन गर्ने भन्ने छलफलमा जुटेको छ ।

शुक्रबारबाट काठमाण्डुमा शुरु हुने मन्‍चको दोस्रो राष्ट्रिय सम्मेलनमा दुई धारबीच व्यापक छलफल हुने मन्‍चका सचिव डिबी आङबुहाङले जानकारी दिनुभयो ।

शान्तिपूर्ण र शशक्त आन्दोलन गर्ने पक्षको कार्यपत्र संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन र खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष ईन्द्रहाङ खम्बुले र सशस्त्र र भूमिगत आन्दोलनसहितको कार्यनीति अध्यक्षमण्डलका सदस्य कमल छाराहाङ्ले प्रस्तुत गर्दैछन् ।
मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक भइसकेकाले तत्काल सशस्त्र आन्दोलनको आवश्यकता नरहेको अडान लिङ्देन पक्षधरले अघि सारेका छन् भने छाराहाङ् पक्षधरले भने जातीय मुक्ती र स्वायत्तताका लागि अन्तिम विकल्प नै सशस्त्र संघर्ष भएको अडान लिइरहेका छन् ।

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरुको वारेमा विहिबार दिउँसो मन्‍चको अध्यक्षमण्डल बीच अन्तिम छलफल भएको छ । छलफल पछि सम्मेलनमा ३ वटा कार्यपत्र प्रस्तुत गर्ने टुंगो लागेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चमा तामाङ्सालिङ स्वायत्त राज्य परिषद, थरुहट स्वायत्त राज्य परिषद, संघीय लिम्बूवान राज्य परिषद र खम्बुवान स्वायत्त राज्य परिषद समेटिएका छन् ।

काठमाण्डु गौशालामा २ दिनसम्म चल्ने दोस्रो राष्ट्रिय सम्मेलनमा विभिन्न संघीय परिषद, जनवर्गीय संगठन, विद्यार्थी गरी २०० प्रतिनिधि सहभागी छन् ।

सम्मेलन पछि आत्मनिर्णयको अधिकारसहितको जातीय राज्य स्थापना, जल-जंगल-जमिनको अधिकार आदिवासी जनजातिहरुमा हस्तान्तरणका लागि सशत्त आन्दोलन गर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मन्‍चका अध्यक्ष डिके बुद्धिष्टले युएस नेपाल अनलाईनसँग बताउनुभयो ।

-Khagendra Makhim in Kathmandu








   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®