|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
शान्ति मन्त्रालयलाई युद्ध मन्त्रालय बनाएको आरोप काठमाण्डौं, October 20, 2008- नेपाली काँग्रेस सभासद डा. प्रकाशशरण महतले शान्ति मन्त्रालयलाई माओवादीले युद्ध मन्त्रालय बनाएको आरोप लगाएका छन् । कार्तिक ४ गते व्यवस्थापिका संसदको वैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । शान्ति तथा पुनरनिर्माण मन्त्रालयलाई अध्याधिक बजेट विनीयोजन गरिएको र सो हेर्दा युद्धको तयारी जस्तै लाग्ने महतको भनाई थियो । काँग्रेसका अन्य सभासदहरुले माओवादीले कार्यकर्ता पोस्ने हिसाबले मात्रै बजेट ल्याएको दाबी गरेका थिए । आजको वैठकमा शान्ति मन्त्रालय लगायत ६ मन्त्रालयको विभिन्न शीर्षक माथि छलफल भएको थियो। यसैवीच विशेष समय लिएर बोल्दै नेकपा माओवादी सभासद पुष्पविक्रम मल्लले धादिङमा पूर्व मन्त्री तथा एमाले नेता राजेन्द्र पाण्डेको निर्देशनमा आफ्नो कार्यकर्ताको हत्या भएको दाबी गरे । युथ फोर्ससँगको भीडन्तमा वाइसिएल सम्बद्ध कृष्ण भण्डारीको ज्यान गएको घट्नालाई लिएर स्थानीय प्रशासनले हिजो कफ्र्यु लगाएको थियो । एमालेको भातृसगठन युथ फोर्सले आफ्नो कार्यकर्ता मार्दासमेत प्रहरी प्रशासन मुक दर्शक बनेर बसेकाले प्रमुख जिल्ला अधिकारी र त्यहाँको प्रहरी प्रमुखलाई तत्काल निलम्बन गर्नु पर्ने उनको माग थियो । एमाले सभासद विजय पौडेलले भने धादिङको घट्नामा वाइसिएलले पहिले एमाले सम्वद्ध मजदुर संगठनको कार्यालयमा आक्रमण गरेको दाबी गरे । जे भएपनि आइन्दा त्यस्तो घट्ना दोहोरिन नदिन उच्चस्तरीय वार्ता गर्नुपर्ने उनको भनाई थियो । तमलोपाद्धारा वहिस्कार तराई मधेश लोकतान्त्रिक पार्टीका सभासदहरुले कार्तिक ४ गते पनि व्यवस्थापिका संसद वहिस्कार गरेका छन् । चार दिन अघि कपिलवस्तुमा आफ्ना पार्टीका दुई कार्यकर्ता मारिएको विषयमा सरकारले कुनै जवाफ नदिएको भन्दै सदन वहिस्कार गरेको सो पार्टीका सभासद दानबहादुर चौधरीले बताए । चौधरीले तत्कालि सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन पर्ने तथा दोषीलाई कारवाही गर्न समेत माग गरे । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||