अब ३२ बाट ७५ जिल्ला मै २५ दल सम्मिलित शान्ति
समिति बन्ने
काठमाण्डौं, October 16, 2008-सरकारले देश भरका पचहत्तरै
जिल्लामा स्थानीय स्तरको शान्ति समिति बनाउने निर्णय गरेको छ ।
मन्त्री स्तरीय राजनीतिक समितिको असोज ३० गतेको वैठकले यस्तो निर्णय गरेको
हो । द्धन्द्ध व्यवस्थापन तथा शान्ति स्थापनार्थ यस्तो निर्णय गरेको
समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणी पोख्रेल
जानकारी दिए ।
विभिन्न ३२ जिल्लामा यसअघि नै समिति गठन भैसकेको छ । शान्ति तथा पुनर
निर्माण मन्त्रालय मातहत रहने सो समितिमा संविधान सभामा प्रतिनिधत्व गर्ने
२५ दलको प्रतिनिधि रहनेछ ।