|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पशुपतिनाथको पुजारीमा नेपाली पण्डितको नियुक्ती बिबाद |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भारतीय नेताहरु दक्षिण भारतका ब्राम्हणहरुको पक्षमा काठमाण्डौं, January 4, 2009- हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा नेपाली पूजारी राख्ने निर्णयप्रति भारतको विपक्षी दल भारतीय जनता पार्टी 'भाजपा' ले असन्तुष्टि जनाएको छ । शताब्दियौंदेखि दक्षिण भारतका ब्राम्हणहरुलाई पशुपतिनाथको पुजारी रािखंदै आएकोमा यसै हप्ता पशुपति विकास कोषले नेपाली डा. बिष्णुप्रसाद दाहाललाई पशुपतिको मूल पुजारीको रुपमा नियुक्त गरेको थियो । पशुपतिनाथ सँगै रहेको बासुकीनाथ मन्दिरमापनि नेपाली पुजारी शालिकराम ढकाललाई नियुक्त गरिएको थियो । यो निर्णयको नेपालमा सर्वत्र स्वागत भएपनि भारतको प्रमुख विपक्षी भाजपाले नेपालका राष्ट्रपति डा. रामबरण यादव र प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरी असन्तुष्टि जनाएका छन् । भारतीय समाचार संस्था 'पिटिआई' ले जनाए अनुसार सो पार्टीका अध्यक्ष राजनाथ िसंहले राष्ट्रपति डा. यादव र प्रधानमन्त्री प्रचण्डलाई फोन गरी भारतीय नागरिकलाई नै पुजारीको रुपमा राख्नकालागि फोन वार्ताको क्रममा दवाव दिएका थिए । पशुपतिमा पुजारीको रुपमा नियुक्त हुने मूल भट्ट र भट्टहरुले मन्दिरमा चढाइएका सबै भेटीहरु आफैले लैजाने गरेका थिए । भेटीबापतमात्र बार्षिक करोडौं रुपैया र सुनचाँदी जम्मा हुने गरेपनि पशुपतिनाथको कोषको अवस्था भने दयनीय छ । मूलभट्ट र भट्टहरुले चािहं आफ्नो कार्यकालभरि करोडौं रुपैयाँ जम्मा गरी लैजाने गरेका छन् । यसकाविरुद्ध लामो समयदेखि आवाज उठ्दै आएपनि गणतन्त्रको स्थापनापछिमात्र पशुपतिनाथमा नेपाली पुजारी राख्ने कार्यको सुरुवात भएको हो । नयाँ पुजारी नियुक्त हुनेबित्तिकै पशुपतिनाथमा भेटीबापत दैनिक रुपमा कति जम्मा हुन्छ त्यो सार्वजनिक हुन थालिसकेको छ। जानकारी अनुसार भाजपा अध्यक्ष िसंहले नेपाल सरकारले पशुपतिनाथको मन्दिरमा नेपाली पूजारी नियुक्त गरेर सदियौंदेखिको नेपाल-भारत सांस्कृतिक सम्बन्धलाई अबमूल्यन गर्न खोजिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष गुनासो समेत गरेका थिए । यो निर्णयले समस्त भारतीय हिन्दूहरुको भावनामाथि गम्भीर चोट पुगेको भनाईपनि उनको थियो । उपरोक्त कुरा बताउँदै उनले निर्णय तत्काल फिर्ता लिन राष्ट्रपति र प्रधानमन्त्रीलाई दबाब दिएका थिए । पशुपतिको पुजारीमा नेपालीलाई नियुक्ति गर्दा भारतीय नेताहरुले जनाएको असन्तुष्टिले नेपाललाई हेर्ने भारतीय दृष्टिकोण कस्तो रहेछ भन्ने फेरि एकपटक पुष्टि भएको छ । उता शनिवार नेपाली पत्रकारहरुको एक टोलीसँगको कुराकानीमा पूर्व राजा ज्ञानेन्द्रले सरकार र सम्बन्धित सबैलाई पशुपतिनाथलाई राजनीतिबाट टाढै राख्न आग्रह गरेको पूर्व राजाका सम्बाद सचिव डा. फणिराज पाठकले बताएका छन् । "पुजारी नियुक्तिलाई राजतीतिकरण नगरौं"-प्रधामन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरमा नयाँ पुजारी नियुक्तिको विषयलाई लिएर राजनीतिकरण भईरहेको बताएका छन् । पुस २० गते विहान साना पार्टी र स्वतन्त्र सभासदहरुसँगको छलफलमा उनले पुजारी नियुक्तिको विषयलाई लिएर राजनीति नगर्न आग्रह गरेको वैठकमा सहभागी दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले जानकारी दिए । |
|
|
प्रधानमन्त्री दाहालले वैठकमा भारतीय पुजारी हटेर नेपाली पुजारी नियुक्त हुनु संयोग मात्रै भएको टिप्पणी समेत गरेका थिए । पशुपति क्षेत्र विकास कोषले पुस १३ गते मूलपुजारी महाबलेश्वर भट्ट तथा पुजारीद्धय कृष्णयोग भट्ट र केपीरामचन्द्र भट्टको राजिनामा स्विकृत गरेर डा. विष्णुप्रसाद दाहाल र शालिग्राम ढकाललाई नियुक्त गरेको थियो । नयाँ पुजारीलाई सहयोग गर्न राजकुमार सापकोटा र नवराज घिमिरेलाई नियुक्त गरेको कोषका निर्देशक श्यामशेखर झाले जानकारी दिए । यसैवीच संस्कृति तथा राज्य पुर्नसंरचना मन्त्री गोपाल किरांतीले पशुपतिमा पूजारी नियुक्ति बारे सर्वोच्चले पठाएको आदेशको जवाफ दिने बताएका छन् । पुस २० गते राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै सर्वोच्चको आदेश आफूले पाईसकेको तथा आजै त्यसको लिखित उत्तर लिएर अदालत जाने उल्लेख गरे । सर्वोच्च अदालतले अर्को व्यवस्थ्था नहुँदासम्म नयाँ पुजारीलाई पुजामा नगराउनु भन्ने अन्तरिम आदेश जारी गरेको थियो । मन्त्री किरातीले नयाँ पुजारी नियुक्त नेपाली जनताको चाहना अनुसार नै भएकाले त्यो निर्णय परिवर्तन नहुने बताए । सर्वोच्चको आदेश मान्ने स्पष्ट पार्दै पूजारी नियुक्तिलाई अनावश्यक राजनीति रंग दिन खोजिएको भन्दै आपत्ति जनाएका मन्त्री किराँतीले विगतमा आफूलाई मन लागेको व्यक्ति पूजारी नियुक्त गर्ने परम्परा रहेको स्पष्ट पारे । आगामी दिनमा खुल्ला प्रतिष्पर्धाबाट पुजारी नियुक्त गर्ने ऐन ल्याउने बताउँदै किराँतीले भने- 'पशुपति नेपालमा भएकाले नेपाली जनताको चाहनाअनुसार पूजारी नियुक्त गर्न पाइन्छ ।' उनले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ िसंहको पूजारी नियुक्तिमा आएको अभिव्यक्तिलाई स्वाभाविक बताए । तर पशुपतिमा पूजारी परिवर्तन हुँदैमा नेपाल र भारतको सम्बन्ध नबिग्रने उनको दावी छ । उनले भने- 'पूजारी नियुक्तिमा टिप्पणी गर्न पाइन्छ, नियुक्ति नेपाली जनताको चाहनामा हुन्छ भन्ने पनि बुझ्नुपर्छ ।' पशुपतिमा पूजारी नियुक्तिबारे पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई पनि उनले स्वाभाविक मानेका छन् । पशुपतिको विषयले पूर्व राजा सकि्रय हुन्छन् भन्ने प्रश्नमा उनले भने- 'कुनैपनि आधार टेकेर पूर्वराजाले फर्कने आशा नगरे हुन्छ ।' पशुपतिमा पूजारी नियुक्तिको विषयलाई लिएर िहंसा मच्चाउन खोज्नेहरु सकृय भएको बताउँदै मन्त्री किराँतीले सबै किसिमका भ्रमलाई चिर्न तीन महिने मेची-महाकाली राष्ट्रिय जागरण यात्रा गर्ने बताएका छन् । पौष २१ गते एयरपोर्टबाट पशुपतिसम्म पदयात्रा, माघ ७ देखि ९ सम्म पशुपतिबाट काठमाडौं उपत्यकाभित्र पदयात्रा, माघ २७ देखि महाकालीबाट शुरु गरी मेचीसम्म पदयात्रा गर्ने उनको भनाई छ । चैत्र २१ गते पदयात्रा काठाडौं आएर टुंगिने जानकारीपनि उनले दिएका छन् । -Sitaram Baral & Santa Bagam in Kathamandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||