Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भारतीय नेता आडवाणी र प्रधानमन्त्री 'प्रचण्ड' बीचमा कुराकानी
पशुपतिमा पुरानै भारतीय पुजारी कायम गरिने भो

काठमाण्डौं, January 7, 2009- पशुपतिमा भारतीय पुजारीको सट्टा नेपाली पुजारीको नियुक्ति राखिएपछि उत्पन्न विवाद साम्य पार्न भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीचमा कुराकानी भएको छ ।

मंगलबार दिउसो नेपाली प्रधानमन्त्री र भारतका पूर्व उपप्रधानमन्त्री एबं भाजपाका बरिष्ठ नेताबीच कुराकानी भएको हो । फोन कुराकानी सौहाद्र्धरुपमा टुङ्गिएपछि प्रधानमन्त्री प्रचण्डले हिन्दूवादी भारतीय नेता आडवाणीलाई नेपाल भ्रमण तथा पशुपतिनाथ दर्शनको निम्तोसमेत दिएका छन् ।

कुराकानीका क्रममा आडवाणीले प्रचण्डसँग पशुपतिमा भारतीय पुजारीलाई निकालेर नयाँ पुजारी राखिनुको कारण त्यसबाट उत्पन्न विवाद अन्त्यको पहलबारे जिज्ञाशा राखेका थिए । उनले भारतीय पूजारी हटाएर नेपाली पुजारी राख्ने नेपाल सरकारको निर्णयले नेपाल- भारतसम्बन्धमा चोट पुग्नुका अलवा भारतमा रहेका हिन्दुको भावनामासमेत चोट पुग्ने बताएका थिए । उनको भनाई थियो- 'पशुपतिनाथ विश्वभरका हिन्दूहरुको धार्मिक स्थल हो भारतका अधिकांस जनता हिन्दू धर्माबलम्बी छन् त्यसैले त्यहाँ पुजारी नियुक्त गर्दा नेपाल सरकारले ध्यान पुर्याउनु पर्थ्यो ।'

श्रोतका अनुसार सरकारमाथिको 'चौतर्फ घेराबन्दी' कारण निकै अप्ठेरो स्थितिमा पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले आडवाणीलाई 'सर्वोच्च अदालतले पुरानै मूलभट्टबाट पूजा-आजा गराउने आदेश दिइसकेको' बताउँदै सरकारले सर्वोच्च अदालतको आदेशको पालना गरी पुरानै पुजारीबाट पुजा गराउने बचनबद्धता प्रकट गरेका थिए । पशुपतिमा उत्पन्न तनावका विषयमा संविधान सभा बैठकमा समेत सर्वोच्चको आदेश पालना हुनेगरी सम्बोधन गर्ने जानकारी प्रधानमन्त्रीले आडवाणीलाई गराएका थिए ।

प्रधानमन्त्री निकट श्रोतका अनुसार भविष्यमा पुजारी नियुक्त गर्दा नेपाल-भारतबीच रही आएको सामाजिक-सांस्कृतिक-धार्मिक सम्बन्धप्रति मध्यनजर गर्दै पुजारी नियुक्त गर्ने वचन पनि प्रधानमन्त्री प्रचण्डले आडवाणीलाई दिएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार भारतीय पुजारीलाई नै तत्कालका लागि पूजा गर्न दिने र भविष्यमा नियुक्त गर्दा दुई देशबीचको सम्बन्धलाई मध्यनजर गरिने बताएपछि आडवाणी प्रचण्डसँग सहमत भएका छन् भने आफू निकट भविष्यमै पशुपतिको दर्शन गर्ने गरी नेपाल आउने बचनपनि दिएका छन् ।

-Sitaram Baral in Kathmandu





   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®