![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
तामाङ जिल्लामा भोट माग्न
जाँदा राणालाई कालो झन्डा![]() Pashupati Samser JBR. Photo: Santa Gaha Magar बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 9, 2008-संविधान सभा निर्वाचनको क्रममा आफ्नो निर्वाचन क्षेत्र पुगेका राप्रपा अध्यक्ष पशुपति शमशेर राणालाई माओवादीहरुले अवरोध सिर्जना गरेका छन् । माओवादीले भने पार्टीले नभै स्थानीय जनताले उनको विरोध गरेको दावी गरेका छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ को लागर्चे गाविसमा आयोजित पार्टीको सभामा जाँदै गरेका अध्यक्ष राणालाई स्थानीयबासीले अवरोध गर्दै कालो झण्डा देखाएका थिए । राणाको सुरक्षुमा गएको प्रहरी टोलीले स्थानीय माओवादी कार्यकर्ता कमल कार्कीलाई पक्राउ गरेको थियो । घटनापछि अध्यक्ष राणाले माओवादीले आफूलाई अवरोध सिर्जना गरेको आरोप लगाएका छन् । माओवादीका सिन्धुपाल्चोक इाचार्ज धु्रब पराजुलीले भने कालो झण्डा स्थानीय जनताले देखाएको दावी गरेका छन् । यूएसनेपाल अनलाइनडटककमसँग कुरा गर्दै इाजार्ज पराजुलीले भने- 'शाह र राणाहरुले सबै सर्वसाधारण जनतालाई माओवादी देख्न थालेका छन् । हामीमाथि लगाइएको आरोप त्यसैको प्रमाण हो । त्यो घटनामा पार्टीको कुनै संलग्नता छैन ।' अध्यक्ष राणाले भने घटना माओवादीले नै गराएको दावी गर्दै आफ्ना कार्यकर्ताबाट आफूमाथि भएको दुव्र्यवहारको जिम्मा माओवादी अध्यक्ष प्रचण्डले लिनुपर्ने र प्रचण्डबाटै जवाफ आउनुपर्ने बताएका छन् । उता पक्राउ परेका स्थानीय माओवादी कार्यकतर्ँलाई स्थानीयबासीले प्रहरी चँैकीबाट मुक्त गराएका छन् । उनको साथमा एक पिस्तोल रहेको भन्दै प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो । तर मेचम्चीस्थित प्रहरी चँैकीमा राखिएका उनलाई स्थानीयवासीको ठूलो समूहले नारावाजी गर्दै मुक्त गरेको थियो । पाचायतकालदेखि नै सिन्धुपाल्चोकबाट निवर्चन जित्दै आएका राप्रपा अध्यक्ष राणाले जिल्लाको क्षेत्र नं १ र ३ बाट उम्मेदवारी दिएका छन् । तर पिछडिएको र अत्यधिक तामाङ्गवस्ती रहेको क्षेत्र १ उनको प्रभाव क्षेत्र मानिन्छ । सो क्षेत्रमा राणाको माओवादी र एमालेका उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®