|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
पशुपतिनाथका भट्ट तथा भण्डारीलाई लागि
प्रतिव्यक्ति एक लाख रुपैया मासिक तलव? काठमाण्डौं, 11 Feb, 09- पशुपति क्षेत्र विकास कोषले भट्ट तथा भण्डारीका लागि प्रतिव्यक्ति एक लाख रुपैया मासिक तलवसहित विशेष प्याकेज ल्याउने तयारी गरेको छ । पशुपतिनाथ मन्दिरको लाखौ रुपैया आम्दानी तथा खर्च पारदर्शी गर्न सहकारी खोलेर भट्ट र भण्डारीलाई कोषले तलबको व्यवस्था गर्न लागेको हो । प्रस्तावित प्याकेजका विषयमा भण्डारीहरुसाग छलफल गर्न तीन सदस्यीय समिति पनि गठन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषाध्यक्ष तथा वार्ता समितिका संयोजक गणेश अधिकारीका अनुसार पशुपतिको आम्दानी दैनिक रुपमा दाखिला गर्न सहकारी खोल्ने र त्यसको शेयर भण्डारीहरुलाई दिने अवधारणा ल्याइएको छ । १८ वर्षदेखि ६० वर्ष उमेरका भण्डारीहरुलाई महिनाको एक लाख रुपैया तलव दिने, भण्डारीका १८ वर्ष भन्दा कम उमेरका एक छोरा र एक छोरीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने, ६० वर्ष पुगेपछि भण्डारीका श्रीमान श्रीमती दुवैलाई मासिक एक हजार रुपैयाका दरले भत्ता दिनेगरी कोषले नियमावली बनाउन लागेको छ । यसैगरी पशुपति क्षेत्रमै जन्मेको बच्चा मात्रै भण्डारी हुन पाउने व्यवस्था अनुसार पशुपति क्षेत्रको भण्डारी गाउमा स्वास्थ्य संस्था खोल्ने र भण्डारीहरुको मृत्यु भएमा १५ हजार रुपैया किरिया खर्च समते दिने व्यवस्था गर्न लागिएको अधिकारीले युएस नेपाल अनलाइनलाई जानकारी दिनुभयो । प्याकेजका विषयमा गएको आइतबार भण्डारीसग छलफल भएपनि सोमबारको छलफलमा भण्डारीहरु उपस्थित नभएको कोषले जनाएको छ । तर पशुपति क्षेत्र विकास कोषले नियमावलीको पुरै मस्यौदा पेश नगरेको भण्डारीका नाईके शिवशरण राजभण्डारीको भनाई छ । नियमावली पुरै बनेपछि मात्रै प्रतिक्रिया दिने राजभण्डारीले बताउनुभयो । पशुपतिनाथको मन्दिरमा एउटा मात्रै ढोका खुलेको दिन पनि दैनिक ५० हजार रुपैया भेटी चढ्छ । सोमबार, एकादशी, संक्रान्ति, शिवरात्री लगायतका पर्वहरुमा पशुपतिमा दैनिक दशौ लाखको भेटी तथा पूजा हुने गरेको छ । अहिलेसम्म पशुपतिको आम्दानी तीन भाग लगाएर एक भाग भण्डारीहरुले र दुई भाग भट्टहरुले लिदै आएका छन् । -Khagendra Makhim in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||