![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
दलहरु मिले मान्छे मारे पनि चोखा को चोखै? डा. भटराई दायाँ एबं सापकोटा । Dr. Baburam Bhattarai and Agni Sapkota. Photo: Sirab बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 19, 2008-सर्बोच्च अदालतलाई काठ पुतली ठान्दै माओवादीका शीर्ष नेता डा. बाबुराम भटराईले चुनावको मुखमा आफ्ना पार्टीका उम्मेदवारविरुद्ध लगाइएका ज्यानमुद्धाहरु तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । सिन्धु- २ का उम्मेदवार एबं माओवादीका केन्द्रीय सदस्य अग्नि सापकोटा र काभ्रे- १ का उम्मेदवार सूर्यमान दोङ्गविरुद्ध ज्यानमुद्धा चलाउन गत हप्ता सर्बोच्च अदालतले आदेश दिएपछि भटराईले सरकारसँग सो आग्रह गरेका हुन् । '१० वर्षको युद्धका दौरान १५ हजारको मृत्यु भएको छ मारिनेमा बढि माओवादीका नेता-कार्यकता छन्' बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. भटराईले भने- 'राजनीतिक दुराग्रह राखेर यसरी मुद्धा दर्ता गर्ने हो भने हामीपनि दायर गर्न सक्छौं किनभने मारिनेको संख्या हाम्रो तर्फबाट बढि छ । तर हामी चुनावमा आएपछि हामीलाई चारैतिरबाट फसाउन खोजिएको छ ।' माओवादी उम्मेदवार सापकोटा र दोङ्गमाथि ज्यानमुद्धा चलाउन सर्बोच्चले आदेश दिएको समाचार आएलगत्तै आफूहरुले प्रधानमन्त्री कोइरालासँग कुरा गरेको र शान्ति सम्झौताविपरित अदालतले दिएको आदेशबाट प्रधानमन्त्री कोइरालापनि आश्यर्चमा परेको डा। भटराईले बताए । 'सरकारले सबै मुद्धा खारेज गरिसकेको छ यस्तो कसरी भयो' प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भटराईले भने- 'उहाँलेपनि मुद्धा चल्न सक्दैन भन्नुभएको छ ।' माओवादी नेता सापकोटाले आफूमाथि दायर गरिएको मुद्धा र सर्बोच्च अदालतले गरेको निर्णय चुनाव प्रेरित रहेको दावी गरे । 'सर्बोच्च अदालतको फैसला आउने वित्तिकै दशौं हजार पत्रिका त्यस क्षेत्रमा लगेर मेरा विरुद्ध चुनावी अभियान साचालन गरिएको छ' उनले भने- 'अब अग्नि सापकोटा जेलमा जान्छ त्यसैले एमालेलाई माओवादीले यहाँको क्षेत्र छाडिदिन्छ भन्नेसम्मको प्रचार गरिएको छ ।' काभ्रेका अर्जुन लामाको हत्याको अभियोग उनी र दोङ्गमाथि छ । तर मारिएका अर्जुनलाई आफूले कहिल्यै नभटेको उनले बताए । 'ममाथि मुद्धा चलाउने आदेश आएपछिमात्र उनको नाम सुनेको हुँ' उनले भने- 'न उनीसँग मेरो कहिल्यै भेट भयो कहिल्यै भेट नभएका मानिसलाई हामीले हत्या गरेको भनेर आरोप लगाउनु षडयन्त्रबाहेक केही होइन ।' मुद्धा दायर भएका दुवै क्षेत्रका माओवादी उम्मेदवार जनमतका दृष्टिले बलिया मानिन्छन् । चुनावी अभियान सुरु भैसकेपछि अदालतमा मुद्धा दायर गर्न्र एडभोकेसी फोरम नामक संस्थाले लगाएको थियो जुन एमालेनिकट भएको आरोप माओवादीको छ । ती चुनावी क्षेत्रमा माओवादीको प्रतिस्पर्धापनि एमालेसँगै हुने देखिएको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®